बिएल संवाददाता
सुदर्शन थापाको निर्देशनमा बनेको नेपाली चलचित्र ’रावायण’को टिजर सार्वजनिक भएको छ।
शुक्रबार काडमाडौँमा आयोजित एक कार्यक्रमकाबीच सुदर्शन थापा प्रोडक्सन र पूजा शर्मा प्रोडक्सनको संयुक्त ब्यानरमा बनेको फिल्म ‘रावायण’को टिजर सार्वजनिक गरिएको हो।
फिल्ममा नायक पल शाह, नायिका पूजा शर्मा, प्रियंका कार्की, प्रमोद अग्रहरी, प्रकाश शाह, प्रदीप ढकाललगायतको अभिनय रहेको छ। सार्वजनिक टिजरमा अभिनेता पल शाहको एक्सनलाई मुल्य प्राथमिकताकासाथ देखाइएको छ।
टिजर सार्वजनिकपछि सञ्चाकरर्कीहरुसँग कुराकानी गर्दै निर्देशक सुदर्शन थापाले रोमान्टिक फिल्म मात्र निर्माण गरिरहेको भएकाले रावायण आफ्नो लागि चुनौतीपूर्ण रहेको बताए।
फिल्ममार्फत आफूले आफैँलाई पनि केही परिवर्तन गर्ने कोशिस गरेको र चलिआएको फिल्मभन्दा फरक गर्ने कोशिस गरेको भन्दै चलचित्र दर्शकले मन पराउँछन् भन्नेमा आफू विश्वस्त रहेको पनि उनले बताए।

उनले भने, ‘रावायण मेरो लागि पनि छुट्टै चुनौतीपूर्ण छ। तपाईंहरुले मैले बनाएको रोमान्टिक फिल्म हेरिरहनुभएको छ, यसमा मैले आफुले आफैँलाई पनि केही परिवर्तन गर्ने कोशिस गरेको छु। चलिआएको फिल्मभन्दा अलि फरक गर्ने कोशिस गरेका छौँ। यो फरक चलचित्र दर्शकले मन पराउनुहुन्छ भन्ने कुरामा विश्वस्त छु।’
त्यस्तै पूजा शर्माले आफ्नो टिमले मेहनतका साथ फिल्म बनाएको भन्दै दर्शकले फिल्म मन पराएर साथ दिनेछन् भन्ने आशा राखेको बताइन्। उनले प्रमोद अग्रहरीले दर्शकले ‘रावायण’बाट आफ्नो चरित्र र कथावस्तुमा नयाँ स्वाद पाउने दाबी गरे।
उनले भनिन्, ‘आज हाम्रो टिमले गरेको मेहेनत टिजरबाट पनि देखिएको छ। फिल्मलाई मन पराएर साथ दिनुहुन्छ भन्ने आशा पनि छ। अब रोएर फिल्म चलाइँदैन। पल शाह छन्, मसँग छ पूरै टिम छ।’
उनलाई योभन्दा पहिला हलमा रोएर फिल्म हिट बनाएको भन्ने आरोप लागेको थियो। शिवम अधिकारीको लेखन, प्रदीप श्रीवास्तवको पटकथा, सौरभ लामाको छायांकन, श्री श्रेष्ठको एक्सन रहेको फिल्मलाई मिलन श्रेष्ठले सम्पादन गर्नेछन् भने फिल्म भदौ २१ गते रिलिज हुनेछ।

सुन्दरीजलमा सुरक्षित बीपीका सम्झना (फोटो फिचर)
कर्नालीका सुइना के साँच्चै ‘हाम्मा सुइना’ हुन्?
सभापतिमा जिते पार्टी पुनः आफ्नो कब्जामा
नियुक्ति लिएको २ साता नबित्दै मुक्तिनाथ विकास बैंकका सीईओको पद धरापमा
‘हिजोसम्म दिने ठाउँमा थिए, आज माग्ने ठाउँमा’
पुरानै रबैयामा फर्किए ओली, एक–एकलाई कारबाहीको डन्डा चलाउने चेतावनी
‘कसैले जित्ने वा हार्ने होइन, न्याय मार्ने काम भइरहेको हेक्का होस्’
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया