बिएल संवाददाता
महिमा चौधरीले सुभाष घईको फिल्म ‘परदेस’ बाट बलिउडमा डेब्यू गरेकी थिइन्। र, त्यही फिल्मबाट उनले चर्चा कमाइन्।
उनले आफ्नो अभिनयबाट दर्शकहरूलाई प्रभावित गरिन् र पूर्व भारतीय टेनिस खेलाडी लिएन्डर पेससँगको सम्बन्धका कारण चर्चित भइन्।
उनीहरूले करिब ३ वर्ष एकअर्कालाई डेट गरेका थिए र महिमा सधैं टेनिस खेलाडीको साथमा देखिने गर्थिन्।
पेसले आफ्नो खेल खेल्दा उनी सधैं स्टेडियममा देखिन्थिन् तर, पछि उनीहरुको ब्रेकअप भयो। जसकाे कारण उनले मोडल रिया पिल्लई बताएकी थिइन्।
एक अन्तर्वार्ताका क्रममा उनले आफ्नो पुरानाे सम्बन्धबारे बताएकी थिइन्। उनले भनेकी थिइन्, ‘उनी एक राम्राे टेनिस खेलाडी थिए तर उसले मसँग राम्राे व्यवहार गरेनन्। जब मैले थाह पाए कि उनी कसैसँग घुमिरहेका छन् , त्याे मेराे लागि अच्चमित कुरा थियाे। मेराे जीन्दगीबाट उनी गएपछि म झनै बलियाे भएँ।’
पेसले रियालाई पनि आफूलाई जस्ताे व्यवहार गरेकाे उनले बताइन्। पेस रियाविरुद्ध घरेलु हिंसाको दोषी ठहरिएका थिए।
अदालतले पूर्व टेनिस खेलाडीकी प्रेमिका रियाले घर छोडेमा मासिक १ लाख भाडा बाहेक मासिक ५० हजार भाडा तिर्न निर्देशन दिएको छ।
महिमाले सन् २००६ मा आर्किटेक्ट व्यवसायी बबी मुखर्जीसँग विवाह गरेकी थिइन्। तर, पछि सन् २०११ मा यी दुई आपसी विवादका कारण छुट्टाछुट्टै बस्न थाले। उनीहरूकाे वर्षीया छोरी एरियाना छिन्।
वर्कफ्रन्टमा महिमाले कंगना रनौतको फिल्म ‘इमर्जेन्सी’ मा पुपुर जयकरको भूमिका निभाउनेछिन्। रिपोर्टका अनुसार सांस्कृतिक कार्यकर्ता तथा लेखक पुपुल जयकरको नेहरू परिवारसँग घनिष्ट मित्रता थियो।
फिल्म सेप्टेम्बर ६, २०२४ मा थिएटरहरूमा रिलिज हुनेछ। कंगना बाहेक फिल्ममा अनुपम खेर, मिलिन्द सोमन, विशाख नायर, श्रेयस तलपदे र अन्य धेरै कलाकारहरू छन्।
यो फिल्म भारतमा सन् १९७५ देखि १९७७ सम्मको प्रधानमन्त्री इन्दिरा गान्धीले घोषणा गरेको संकटकालमा आधारित छ।
राजनीतिको राजमार्गमा झुल्किन खोजेका ‘किरण’
यस्तो छ चुनावी इपिसेन्टर झापा-५ र सर्लाही-४ को पछिल्लो स्थिति
के भैरहेछ अमेरिकाको नेपाली डायस्पोरामा ?
इश्तियाकका चुनावी ‘इश्क’
रवि र ओली : दुवै उस्तै उस्तै हुन् नानु !
रविलाई खेदिरहेको ‘नियति’सँगै रास्वपाले देशभरि चलाएको ‘स्वतन्त्र हावा’
राजनीतिको परम्परागत भागबण्डामा रास्वपाको ‘चकचकी’
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया