बिएल संवाददाता
बलिउडमा जरिन खान र कट्रिना कैफलाई ‘डुब्लिकेट’ भनिने गरिन्छ। वर्षौंअघि जरिन खानले कट्रिनाजस्तै बनेर बलिउडमा प्रवेश गरेकी थिइन्।
तर बिडम्बना, वर्षौंसम्म मिहिनेत गरेपनि जरीन खानले बलिउडमा ठूलो स्थान हासिल गर्न सकेकी छैनन्। जसकाे पछुताे उनलाई अहिलेपनि छ।
जरीनलाई अहिले निकै कामकाे जरूरत छ। हालै मात्र उनले कट्रिना कैफ आफ्नो करियरका लागि खतरा साबित भएको खुलासा गरेकी छिन्।
उनले आफ्नो करियर अगाडि बढ्न नसकेकाे कारण पनि बताएकी छन्।
भारती सिंह र हर्ष लिम्बाचियाको पोडकास्टमा देखा परेकी उनले भनेकी थिइन्, ‘सलमान खानका फिल्म वीर रिलिज भएपछि जीवन निकै खराब भएको थियो। मानिसहरूले मलाई नक्कली कट्रिना कैफको नाममा ट्रोल गरिरहेका थिए। यो फिल्मले मेरो सम्पूर्ण जीवन परिवर्तन गर्यो। रिलिजको सुरुमा कट्रिना कैफसँग तुलना गरिँदै आएकोमा म निकै खुसी थिएँ। तर याे तुलनाकाे कारण इन्डस्ट्रीभित्रकाे अवस्था बिग्रँदै गइरहेकाे थियाे।’
त्याेबेला निकै माेटी थिइन् जरीन। त्यहीकारण पनि उनकाे तुलना कट्रिनासँग हुनु ठुलाे कुरा थियाे। तर उनकाे सन्दर्भमा भने त्यसकाे उल्टो असर भयाे।
उनलाई लागिरहेकाे थियाे कि इन्डस्ट्री उनी हराएकाे बच्चा जस्तै हाे। तर मानिसहरूले जरीनलाई सलमान खानका कारण घमण्डी भएकाे भन्न थालेका थिए।
जरिन खानले खुलासा गरिन्, ‘एक समय यस्ताे पनि आयो म घरबाट बाहिर निस्कन पनि डराउँथे किनकी मानिसहरूले मेरो कपडामा अश्लील टिप्पणी गर्थे। मानिसहरूले मलाई अनौठो नामले बोलाउन थाले। मलाई पनि घरबाट भाग्न मन लाग्थ्याे। काम पाइनँ। यसरी कट्रिना कैफसँगको तुलनाको पीडा मैले भोगेको छु।’
कांग्रेसभित्र सहमतिको अन्तिम अस्त्र ‘डा. शेखर’
सरकार जेनजीको म्यान्डेटविपरीत चल्यो, आन्दोलन नै हाइज्याक भयोः वरिष्ठ अधिवक्ता त्रिपाठी
भोटेकोशी बाढीको बज्रपातः प्रियजन फर्किने बाटो हेर्दै बसेको लामा परिवार
‘बाढीपीडितलाई जंक फुड होइन, पोषणयुक्त खाना दिऔं’
कर्णाली प्रतिष्ठानको रजिस्ट्रारमा उपकुलपतिको चलखेलः मापदण्डदेखि सर्टलिस्टसम्म ‘मकेन्द्र शाही मिलाउने’ खेल!
कर्णाली प्रदेशः स्वायत्तताको रहर र सत्ताको कहर
समावेशिताको मुद्धा बोकेको नेकपाले कर्णालीमा के गर्ला ?
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया