बिएल संवाददाता
‘मिस्टर एण्ड मिस विश्वकर्मा इन्टरकन्टिनेन्टल–२०२४’ को उपाधि क्रमशः सरोज सुनार र सन्ध्या विश्वकर्माले जितेका छन्। शुक्रबार काठमाडौँमा भएको फिनालेमार्फत उनीहरुले उपाधि चुमेका हुन्।
महिलातर्फ जेसिका घिमिरे फस्र्ट रनरअप र आकृति घतानी सेकेन्ड रनरअप बने भने पुरुषतर्फ राजेन्द्र दुतराज र सिर्जन विश्वकर्मा क्रमशः फर्स्ट रनरअप र सेकेन्ड रनरअप बनेका छन्।
मोडल तथा कोरियोग्राफर सञ्जय विश्वकर्माको कोरियोग्राफीमा सम्पन्न प्रतियोगितामा फिनाले चर्चित मोडल तथा कोरियोग्राफर दिक्पल कार्कीले होस्ट गरेका थिए। त्यस्तै अलिशा गहजराजले पनि कोरियोग्राफीमा सघाएकी थिइन्।
प्रतियोगितामा काठमाडौँसँगै इटहरी, धादिङ, बुटवल, पोखरा, चितवनलगायत विभिन्न जिल्लाका २५ जना प्रतियोगीले अन्तिम प्रस्तिस्पर्धा गरेका थिए। प्रतियोगितामा चार प्रदेशबाट ‘मिस्टर एण्ड मिस विश्वकर्मा’का उपाधि जितेका चार जना महिला पुरुषको सहभागी थियो।
कार्यक्रम आयोजक संस्था बिब्रोस् इन्टरटेनमेन्टका अध्यक्ष समेत रहेका सञ्जय विश्वकर्माले ‘मिस्टर एण्ड मिस विश्वकर्मा इन्टरकन्टिनेन्टल’ विश्वकर्मा समुदायको युवाहरुका लागि मञ्च निर्माण गर्नुपर्छ भन्ने उदेश्यले प्रतियोगिता आयोजना गरेको बताए।
विश्वकर्मा समुदायको युवा यस मञ्चले प्रतिभा निखार्दै उनीहरुको उज्ज्वल भविष्य निर्माणमा सहयोग पुर्याउने उनको भनाई छ।
फिनालेमा विजेताहरुलाई ‘गिफ्ट ह्याम्पर’ प्रदान गरिएको थियो। त्यस्तै बिएण्डसी कम्पनी दुबईले विजेतालाई सात दिनको दुबई भ्रमण गराउने घोषणा गरेको छ।
अदालतको निर्णयपछि एक हुन्छ कांग्रेस?
‘समस्या नेता मात्र होइन, नागरिक संस्कार पनि हो’
बालेन सरकारबाट जनतामा संशय पैदा हुने काम नहोस्
को हुन् नवनियुक्त महान्यायाधिवक्ता डा. कँडेल?
पूर्वमन्त्रीहरू र कर्मचारीको घरमा सुसारेका रुपमा कार्यरत बर्दिधारीलाई फिर्ता बोलाउन माग
श्यामूलले छिचोलेको ‘नशा’को त्यो पहाड (भिडियाेसहित)
क्रान्तिको नाममा लुट, देशको नाममा धोका
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया