बिएल संवाददाता
हिमाल उप्रेतीको चलचित्र ‘भागदौड’को शुभमुहूर्त गरिएको छ। बिहीबार ललितपुरको बुङमतीमा मुहूर्त गरिएको हाे।
उक्त चलचित्रमा विशाल पोखरेल, देशभक्त खनाल, लक्ष्मी गिरी, शेखर चापागाईं, शङ्कर महर्जन, घनश्याम जोशी, अनिशा श्रेष्ठ, शारदा राई र सुवास तिमल्सिनाले अभिनय गर्दैछन्।
सुप्रिम म्युजिक एण्ड फिल्मस प्रा.लि. तथा ओडिसी पिक्चर्स प्रा.लि.को ब्यानरमा बन्ने याे चलचित्रका निर्माता विश्वराम विष्ट हुन् भने कार्यकारी निर्माता डिल कुमारी नेपाल हुन्।
छायाङ्कन दीपक बज्राचार्यको, सम्पादन प्रवीण ढकालको तथा सङ्गीत प्रकाश नेपाली र वसन्त सापकोटाको रहने छ।
उप्रेतीको लेखन तथा निर्देशन रहने याे चलचित्रमा महिला सशक्तीकरणको मुद्दालाई उठान गरिने बताइएको छ।
कांग्रेसभित्र सहमतिको अन्तिम अस्त्र ‘डा. शेखर’
सरकार जेनजीको म्यान्डेटविपरीत चल्यो, आन्दोलन नै हाइज्याक भयोः वरिष्ठ अधिवक्ता त्रिपाठी
भोटेकोशी बाढीको बज्रपातः प्रियजन फर्किने बाटो हेर्दै बसेको लामा परिवार
‘बाढीपीडितलाई जंक फुड होइन, पोषणयुक्त खाना दिऔं’
कर्णाली प्रतिष्ठानको रजिस्ट्रारमा उपकुलपतिको चलखेलः मापदण्डदेखि सर्टलिस्टसम्म ‘मकेन्द्र शाही मिलाउने’ खेल!
कर्णाली प्रदेशः स्वायत्तताको रहर र सत्ताको कहर
समावेशिताको मुद्धा बोकेको नेकपाले कर्णालीमा के गर्ला ?
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया