बिएल संवाददाता
खुलेर हाँस्नु स्वास्थ्यका लागि फाइदाजनक मानिन्छ तर फिल्म ‘बाहुबली’ मा देवसेनाको भूमिका निभाएकी अभिनेत्री अनुष्का शेट्टीका लागि हाँस्नु टाउको दुखाइ बनेको छ।
उनी एक दुर्लभ रोग स्यूडोबुलबार एफेक्ट (पीबीए) बाट पीडित भएकी छन्। एक अन्तर्वार्तामा उनले भनेकी थिइन्, ‘मलाई लाफिङ डिसअर्डर छ। जब म हाँस्न थाल्छु, म १५-२० मिनेट हाँसिरहन्छु। हाँसो नियन्त्रण गर्न सक्दिनँ। कमेडी दृश्यहरू हेर्दा वा सुटिङ गर्दा, म हाँसेर भुइँमा पल्टिन्छु। जसका कारण पटकपटक सुटिङ बन्द गर्नुपरेको छ।'
चिकित्सकहरूका अनुसार स्युडोबुलबाररोग लाग्दा मानिसहरूमा रुने, हाँस्ने वा अन्य कुनै किसिमको अनियन्त्रित भाव पैदा हुन्छ।
यो एक प्रकारको न्यूरोलोजिकल डिसअर्डर हो। यो रोग मस्तिष्कको क्षति र न्यूरोलोजिकल अवस्थाको कारणले गर्दा यसको रोकथाम सजिलो छैन।
अक्सर यसको सही निदान हुँदैन। मस्तिष्कको चोट, अल्जाइमर, पार्किन्सन, मल्टिपल स्क्लेरोसिस वा स्ट्रोकपछि स्यूडोबुलबार प्रभावको जोखिम बढ्छ।
डिप्रेसनका लक्षणहरू प्रायः यसको पीडितहरूमा देखिन्छन्। यद्यपि स्यूडोबुलबारकाे कुनै उपचार छैन, केही औषधिहरूले हाँस्ने वा रुने आवृत्तिलाई कम गर्न सक्छ।
डाक्टरहरुका अनुसार रुनु, हाँस्ने जस्ता भावनालाई नियन्त्रण गर्न नसक्दा दैनिक काममा बाधा पुग्ने गरेको छ। बारम्बार र अनैच्छिक रुनु वा हाँस्नु स्यूडोबुलबार असरको प्राथमिक लक्षण मानिन्छ।
तर, यो रोगमा हाँस्नुभन्दा रुनुको अनुभूति बढी देखिन्छ। धेरै पटक यसका बिरामीहरू यस्ता हल्का र हास्यास्पद टिप्पणीहरूमा पनि अनियन्त्रित रूपमा हाँस्न थाल्छन्, जसमा अरू हाँस्दैनन्।
महँगो नायिका
अनुष्का शेट्टीलाई साउथमा सबैभन्दा धेरै पारिश्रमिक लिने अभिनेत्रीमा गनिन्छ। उनले सन् २००५ मा तेलुगु फिल्म ‘सुपर’ बाट आफ्नो करियर सुरु गरेका थिइन्।
उनले करिब ५० तमिल र तेलुगु फिल्ममा काम गरेकी छिन्। उनले तीन चलचित्रबाट राष्ट्रिय पुरस्कार पाएका छन्। अनुष्काले सन् २०११ मा ‘युथ आइकन अफ साउथ इन्डियन सिनेमा’ अवार्ड पनि जितेकी थिइन्।
चुनावले संसद त दिने भो, सरकार चाँहि बन्छ कसरी ?
राजनीतिको राजमार्गमा झुल्किन खोजेका ‘किरण’
यस्तो छ चुनावी इपिसेन्टर झापा-५ र सर्लाही-४ को पछिल्लो स्थिति
के भैरहेछ अमेरिकाको नेपाली डायस्पोरामा ?
इश्तियाकका चुनावी ‘इश्क’
रवि र ओली : दुवै उस्तै उस्तै हुन् नानु !
रविलाई खेदिरहेको ‘नियति’सँगै रास्वपाले देशभरि चलाएको ‘स्वतन्त्र हावा’
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया