बिएल संवाददाता
गायिका मधु क्षेत्रीले आफू कसैसँग बाेल्न नसक्ने गरी गलेकाे गुनासाे गरेकी छन्।
पारिवारिक समस्याका कारण चर्चामा रहेकी क्षेत्रीले सामाजिक सञ्जालमार्फत् आफ्नाे अवस्थाबारे जानकारी गराएकी हुन्।
गर्भावस्थामा रहेकी क्षेत्रले आफूले शारीरिक र मानसिक रुपमा गलेकाे बताएकी छन्।
‘कृपया यो बेला म गलेको छु, मेरो शरीर र मानसिक गलाइलाई लिएर पेटमा भएको बच्चालाई सास दिएर कसरी बाँचेकी छु, यो मलाई मात्र थाहा छ’, उनले फेसबुकमा भनेकी छन्, ‘थाहा छैन कत्ति बेला के हुने हो मेरो जीवनमा र कहाँसम्म सास लिन सक्छु म कसैसँग बोल्न सक्ने अवस्थामा छैन।’
उनले यसअघि टिकटक लाइभमार्फत श्रीमानबाट साथ नपाएर समस्यामा परेकाे बताएकी थिइन्।
दाेस्राे विवाह गरेकी क्षेत्री हाल अस्ट्रेलियामा बस्दै आइरहेकी छन्।
देउवा समूहबाट अबको सभापति को?
छानबिन समितिमा खगेन्द्रको इन्कारी पत्र, अनुसन्धान लम्बिने संकेत
धरतीको स्वर्ग राराः प्राकृतिक सौन्दर्य र पर्यटनको अनुपम संगम
वर्षमा १ दिन खुल्ने ‘तलेजु मन्दिर’को रोचक तथ्य
‘नेपाल हितमा छैन राष्ट्रिय परिचयपत्र’
मलेसियामा राम्रो तलब र अवसर, नेपालमा विवादले रोजगारी गुम्ने जोखिम
निकास के त? व्यवस्था परिवर्तन कि पूर्ण पुनर्संरचना?
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया