बिएल संवाददाता
अभिनेत्री मलाइका अरोरा र अर्जुन कपुर अहिले आफ्नो ब्रेकअपको खबरका कारण चर्चामा छन्।
यद्यपी उनीहरूले यो खबरलाई आधिकारिक रुपमा पुष्टी गरेका छैनन् तर उनीहरूको क्रिप्टिक सामाजिक सञ्जाल पोष्टबाट ब्रेकअप भएकाे अनुमान गरिएकाे छ।
अर्जुनसँग ब्रेकअपकाे खबर बाहिरिएपछि मलाइका एउटा पाेस्ट सेयर गरेकी छिन्। जसन पाेस्टमा उनले साँच्चिकै ख्याल राख्ने मान्छे मात्रै साथ हुने बताएकी थिइन्।
मलाइकाले त्याे पोस्टमार्फत लेखेकी छन्, 'कसैले कसैप्रति घृणा राख्नु हुँदैन। थप रूपमा, खुसी हुनुमा ध्यान केन्द्रित गर्न, आवश्यक पर्दा माफी माग्ने र नियन्त्रण गर्न नसक्ने चीजहरू छोड्नमा जोड दिनुपर्छ।'
त्यसैगरी अर्जुन कपूरले पनि ब्रेक भएकाे हिन्ट दिएका छन्। उनले पनि आफ्नो इन्स्टा ह्यान्डलमा एउटा नोट सेयर गरेर लेखेका छन्, 'हामीसँग जीवनमा दुईवटा विकल्प छन्। हामी या त हाम्रो विगतका कैदी बन्न सक्छौं वा भविष्यका सम्भावनाहरूको अन्वेषक हुन सक्छौं।'
मलाइका र अर्जुनकाे ब्रेकअपकाे चर्चा ३१ मे–देखि सुरू भएकाे थियाे। 'पिंकभिला' का एक स्रोतका अनुसार उनीहरूले खुसीका साथ ब्रेकअप गरेका हुन्।
उनीहरूबीच राम्रो सम्बन्ध रहेको र त्यो सम्बन्ध छुट्टिएपछि पनि कायम रहने तर अब उनीहरूसँगै नभएको स्रोतले जनाएको छ। मानिसहरूले सम्बन्धबारे टिप्पणी दियाेस् भन्ने चाहदैनन् उनीहरूले। त्यसैले गुपचुपमा ब्रेकअप गरे।
‘सिंघम अगेन’ मा अर्जुन कपूर
मलाइका अरोरा २०१८ देखि रिलेशनशिपमा छिन्, तर उनले २०१९ मा आफ्नो सम्बन्धबारे बताएकी थिइन्। नायिकाले नर्तक, मोडल र अभिनेत्रीको रुपमा आफ्नो पहिचान बनाएकी छिन्।
अर्कोतर्फ, अर्जुन कपुर आफ्नो करियरको कठिन चरणमा छन्। उनले आफ्नो करियर ‘इशकजादे’ बाट सुरु गरेका थिए।
उनी अहिले ‘मेरी पटनी का रिमेक’ को सुटिङमा व्यस्त छन् र छिट्टै रोहित शेट्टीको फिल्म ‘सिंघम अगेन’मा देखिनेछन्।
सुन्दरीजलमा सुरक्षित बीपीका सम्झना (फोटो फिचर)
कर्नालीका सुइना के साँच्चै ‘हाम्मा सुइना’ हुन्?
सभापतिमा जिते पार्टी पुनः आफ्नो कब्जामा
नियुक्ति लिएको २ साता नबित्दै मुक्तिनाथ विकास बैंकका सीईओको पद धरापमा
‘हिजोसम्म दिने ठाउँमा थिए, आज माग्ने ठाउँमा’
पुरानै रबैयामा फर्किए ओली, एक–एकलाई कारबाहीको डन्डा चलाउने चेतावनी
‘कसैले जित्ने वा हार्ने होइन, न्याय मार्ने काम भइरहेको हेक्का होस्’
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया