बिएल संवाददाता
हिमाचल प्रदेशको मण्डीबाट हालै लोकसभा चुनाव जितेकी कंगना रनौतलाई चण्डीगढ एयरपोर्टमा तैनाथ एक महिला सीआईएसएफ जवानले थप्पड हानेकी छन्।
कंगना रनौतले यस विषयमा गुनासो गर्दै महिला जवानलाई जागिरबाट हटाउन र कडा कारबाही गर्न माग गरेकी छिन्।
कंगनालाई हत्या गर्ने सिपाहीको नाम कुलविन्दर कौर रहेको बताइएको छ। चुनाव जितेपछि कंगना रनौत बीजेपीको बैठकमा सहभागी हुन निस्किएकी थिइन्।
सुरक्षा जाँच्ने क्रममा थप्पड
यो घटना बिहीबार दिउँसो ३.३० बजेको हो। कंगना रनौत एयरपोर्ट सेक्युरिटी चेकबाट निस्कदै गर्दा महिला सिपाहीले उनमाथि हात उठाएकी थिइन्। कंगनाले यस विषयमा उजुरी पनि दर्ता गराएकी छिन्।
अहिले विमानस्थलमा उपस्थित सुरक्षाकर्मीले कुलविन्दरलाई कमाण्डेन्टको कोठामा राखेका छन्। कंगना भने दिल्ली गइसकेकी छन्।
कंगना रनौत लोकसभा चुनावमा हिमाचल प्रदेशको मण्डीबाट भाजपाको तर्फबाट लडेकी थिइन्। अभिनेत्रीको विपक्षमा कांग्रेस पार्टीका नेता विक्रमादित्य सिंह थिए। उनलाई कंगनाले ७४ हजार ७ सय ५५ मतले पराजित गरिन्।
कांग्रेसभित्र सहमतिको अन्तिम अस्त्र ‘डा. शेखर’
सरकार जेनजीको म्यान्डेटविपरीत चल्यो, आन्दोलन नै हाइज्याक भयोः वरिष्ठ अधिवक्ता त्रिपाठी
भोटेकोशी बाढीको बज्रपातः प्रियजन फर्किने बाटो हेर्दै बसेको लामा परिवार
‘बाढीपीडितलाई जंक फुड होइन, पोषणयुक्त खाना दिऔं’
कर्णाली प्रतिष्ठानको रजिस्ट्रारमा उपकुलपतिको चलखेलः मापदण्डदेखि सर्टलिस्टसम्म ‘मकेन्द्र शाही मिलाउने’ खेल!
कर्णाली प्रदेशः स्वायत्तताको रहर र सत्ताको कहर
समावेशिताको मुद्धा बोकेको नेकपाले कर्णालीमा के गर्ला ?
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया