बिएल संवाददाता
हिमाचल प्रदेशको मण्डीबाट हालै लोकसभा चुनाव जितेकी कंगना रनौतलाई चण्डीगढ एयरपोर्टमा तैनाथ एक महिला सीआईएसएफ जवानले थप्पड हानेकी छन्।
कंगना रनौतले यस विषयमा गुनासो गर्दै महिला जवानलाई जागिरबाट हटाउन र कडा कारबाही गर्न माग गरेकी छिन्।
कंगनालाई हत्या गर्ने सिपाहीको नाम कुलविन्दर कौर रहेको बताइएको छ। चुनाव जितेपछि कंगना रनौत बीजेपीको बैठकमा सहभागी हुन निस्किएकी थिइन्।
सुरक्षा जाँच्ने क्रममा थप्पड
यो घटना बिहीबार दिउँसो ३.३० बजेको हो। कंगना रनौत एयरपोर्ट सेक्युरिटी चेकबाट निस्कदै गर्दा महिला सिपाहीले उनमाथि हात उठाएकी थिइन्। कंगनाले यस विषयमा उजुरी पनि दर्ता गराएकी छिन्।
अहिले विमानस्थलमा उपस्थित सुरक्षाकर्मीले कुलविन्दरलाई कमाण्डेन्टको कोठामा राखेका छन्। कंगना भने दिल्ली गइसकेकी छन्।
कंगना रनौत लोकसभा चुनावमा हिमाचल प्रदेशको मण्डीबाट भाजपाको तर्फबाट लडेकी थिइन्। अभिनेत्रीको विपक्षमा कांग्रेस पार्टीका नेता विक्रमादित्य सिंह थिए। उनलाई कंगनाले ७४ हजार ७ सय ५५ मतले पराजित गरिन्।
देउवा समूहबाट अबको सभापति को?
छानबिन समितिमा खगेन्द्रको इन्कारी पत्र, अनुसन्धान लम्बिने संकेत
धरतीको स्वर्ग राराः प्राकृतिक सौन्दर्य र पर्यटनको अनुपम संगम
वर्षमा १ दिन खुल्ने ‘तलेजु मन्दिर’को रोचक तथ्य
‘नेपाल हितमा छैन राष्ट्रिय परिचयपत्र’
मलेसियामा राम्रो तलब र अवसर, नेपालमा विवादले रोजगारी गुम्ने जोखिम
निकास के त? व्यवस्था परिवर्तन कि पूर्ण पुनर्संरचना?
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया