बिएल संवाददाता
वसन्त निरौलाको निर्देशनमा बन्न लागेको फिल्म ‘ज्वाइँ साब’को छायांकन सुरु गरिएको छ।
शुक्रबार बिहान मकवानपुर जिल्लाको पर्यटकीय गन्तव्य चित्लाङस्थित स्वच्छन्द भैरव मन्दिरमा स्क्रिप्ट, क्यामेरा र क्ल्याप पूजा गर्दै फिल्मको छायांकन थालिएको हो।
चित्लाङमा २० दिनको छायांकन गरिने भएको छ। त्यसपछि बाँकी छायांकनका लागि निर्माण टिम सौराहा र इलाम जाने तयारीमा छ।
फिल्ममा हास्य अभिनेता जीतु नेपाल र अभिनेत्री नीति शाहको जोडी बाँधिएको छ। अभिनयको हिसाबले नीतिको यो दोस्रो फिल्म हो। फिल्ममा रमेश वुढाथोकी, प्रकाश घिमिरे, वुद्दि तामाङ, हिमेश पन्त, निमा पाण्डे लगायतको पनि अभिनय रहनेछ।
फिल्ममा जीतु ज्वाइँको भूमिकामा देखिनेछन्। अर्जुन पोखरेल र महेश ताम्राकारको संगीत रहेको फिल्मको छायाँकार श्याम तामाङ हुन्।
राज कुमार पण्डित प्रस्तुतकर्ता रहेको ‘ज्वाइँ साब’मा मिनादेवी पाण्डे, सौगात पण्डित र पदमलाल तामाङ निर्मातामा छन्। विजय बस्याल कार्यकारी निर्माता रहेको फिल्ममा सविन अधिकारीको कथा, शंकर धितालको पटकथा तथा संवाद लेखन छ।
फिल्मलाई समसामयिक कथामा निर्माण गर्न लागिएको निर्देशक निरौलाले जानकारी दिए। फिल्म यसै वर्षको तिहारमा रिलिज हुने बताइएको छ।
कांग्रेसभित्र सहमतिको अन्तिम अस्त्र ‘डा. शेखर’
सरकार जेनजीको म्यान्डेटविपरीत चल्यो, आन्दोलन नै हाइज्याक भयोः वरिष्ठ अधिवक्ता त्रिपाठी
भोटेकोशी बाढीको बज्रपातः प्रियजन फर्किने बाटो हेर्दै बसेको लामा परिवार
‘बाढीपीडितलाई जंक फुड होइन, पोषणयुक्त खाना दिऔं’
कर्णाली प्रतिष्ठानको रजिस्ट्रारमा उपकुलपतिको चलखेलः मापदण्डदेखि सर्टलिस्टसम्म ‘मकेन्द्र शाही मिलाउने’ खेल!
कर्णाली प्रदेशः स्वायत्तताको रहर र सत्ताको कहर
समावेशिताको मुद्धा बोकेको नेकपाले कर्णालीमा के गर्ला ?
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया