बिएल संवाददाता
यतिबेला ‘हिरामण्डी’काे कारण मनिषा काेइरालाकाे चर्चा चुलिदैं गएकाे छ। सिरिन्जमा गरेकाे अभिनयकाे कारण उनकाे प्रंशसा भइरहेकाे छ।
अहिले अभिनयकाे कारण चर्चा बटुलिरहेकी मनिषा कुनैबेला आफ्नो प्रेमीकाे कारण चर्चामा आएकी थिइन्।
बलिउडमा उनकाे कयाैं अभिनेताहरूसँग नाम जाेडियाे। तर सबै धेरै उनकाे प्रेमकाे चर्चा अभिनेता नाना पटेकरसँग रह्याे।
फिल्मले बनायाे जाेडी
सन् १९९६ सालमा फिल्म ‘अग्नी साक्षी’ मा नाना पाटेकर र मनिषा काेइरालाकाे जाेडी देखिएकाे थियाे। साेही फिल्मबाट उनीहरू नजिक परेका थिए।
त्यतिबेला नाना पाटेकर विवाहित थिए र अभिनेत्री उनीभन्दा २० वर्ष कान्छी थिइन्। तर, श्रीमतीसँगको सम्बन्ध कमजोर भएका कारण नाना उनीसँग अलग्गै बस्दै आएका थिए।
एकसाथ कयाैं फिल्म गरिसकेपछि उनीहरूकाे अफेयरकाे खबर बाहिरिन थालेकेा थियाे। भलै, उनीहरूले स्वीकार भने गरेका थिएनन्। तर भनिन्छ कि मनिषा नानासँग विवाह गर्न चाहन्थिन्।
लुकेर गरिरहेका थिए डेट
फिल्मको सुटिङका क्रममा नाना मनिषासँग प्रेममा परेका थिए भने मनिषा त्यतिबेला विवेक मुशरनसँगको ब्रेकअपकाे कारण दुखी थिइन्। त्यहीकारणा पनि दुबै जना एकअर्काेसँग नजिकिदैं गए। र, लुकीछुपी डेट गर्न थाले।
‘अग्नि साक्षी’ मा सँगै काम गरेपछि नाना र मनिषा सोही वर्ष (१९९६) मा रिलिज भएको सञ्जय लीला भन्सालीको फिल्म ‘खामोशी’ मा देखिएका थिए। त्यतिबेलासम्म उनीहरुको अफ-स्क्रिन केमेस्ट्री र प्रेमको खबर इन्डस्ट्रीभर फैलिएको थियो।
भनिन्छ, नाना मनिषाप्रति निकै पसेसिभ भएका थिए। जसका कारण उनी मनिषालाई कुनै सहकलाकारसँग नजिकिएको देख्न चाहदैन थिए। त्यही कुराले उनीहरूबीच झगडा भइरहन्थ्याे।
नानाकाे व्यवहारले मनिषा रिसाएकी थिइन्। २ छाेराछाेरीका बुबा नानाकाे कारणले चिडिएकी मनिषाले नानासँग भविष्य देखिनन्।
...त्यसपछि भयाे ब्रेकअप
नाना पाटेकर र मनिषाको सम्बन्धको त्यतिबेला टुट्याे। जब मनिषाले नाना र आयशा जुल्कालाई बन्द कोठामा देखिन्।
त्याे दृश्यले मनिषा रिसाएकी थिइन्। तर नाना भने आयशासँग नजिक हुँदै गए। त्यसपछि मनिषाले नानासँग ब्रेकअप गरिन्।
र, नेपाली व्यापारी सम्राट दाहालसँग विवाह गरिन्। तर त्याे विवाह पनि धेरै समय टिक्न सकेन र २०१२ मा उनीहरुको सम्बन्ध विच्छेद भयो।
माधव चौलागाईंः जुम्ली छोराको सिंहदरबार यात्रा
जेनजी–सरकार १० बुँदे सम्झौताः आयोग, संयन्त्र र परिषद् मात्रै ७ वटा (पूर्णपाठ)
‘सुन्तले टापु’मा फक्रिएकाे नेपाली कम्युनिष्ट आन्दाेलन
प्रभु बैंक र अर्बिट कन्सल्टेन्सीको सेटिङः कमिसन बाँडफाँटदेखि नक्कली शैक्षिक कर्जासम्म
हाजिर भइन् सीबीओ रश्मी, सीईओ नभएको बेला डीसीईओ बनेर बैंक चलाउने दाउ !
नेपालगन्ज भन्छ ‘खेल केवल खेल मात्र होइन’
नवौं महाधिवेशनमै ओलीले गरेका थिए ईश्वरलाई अध्यक्ष बनाउने सहमति
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया