बिएल संवाददाता
बलिउडकी अभिनेत्री अनन्या पाण्डेसँग ‘ब्रेकअप’ भएपछि अभिनेता आदित्य कराय कपूरको नाम सारा अलि खानसँग जोडिएको छ।
सारा खान र आदित्यको एउटा भिडियो सामाजिक सञ्जालमा भाइरल भइरहेको छ। जसकारण उनीहरूको चर्चा चलिरहेको छ।
बलिउडका चर्चित डायरेक्टर अनुराग बसुको जन्मदिनमा सारा र आदित्य एकसाथ देखाएका छन्। उक्त पार्टीमा बलिउडका कलाकारहरूको सहभागिता रहेको थियो। त्यहीबीचमा सबैजनाको ध्यान आदित्य र साराले खिचे।
जन्मदिनको पार्टीको भिडियोमा उनीहरू सँगै देखिएका छन्। जुन भिडियो अहिले सामाजिक सञ्जालमा भाइरल भइरहेको छ। एकसाथमा देखिएपछि इन्डस्ट्रीमा उनीहरूको चर्चा चल्न थालेको छ।
एकसाथ फिल्म खेल्दै
आदित्य र सारा अनुराग बसुको आउँदै गरेको फिल्म मेट्रो..इन दिनों’ मा देखिने भएका छन्।
उनीहरूको एकसाथमा फोटो देखेपछि दर्शकहरूले अभिनेता र अभिनेत्री प्रेम सम्बन्धमा भएको बताएका छन्।
सारा र आदित्यको आउँदै गरेको फिल्म १३ सितम्बरमा सार्वजनिक हुँदैछ। उक्त फिल्ममा अनुपम खेर, नीना गुप्ता, पंकज त्रिपाठी, कोंकणा सेन शर्मा, अली फजल र फातिमा सना शेख जस्ता कलाकारहरूको अभिनय रहनेछ।
कांग्रेसभित्र सहमतिको अन्तिम अस्त्र ‘डा. शेखर’
सरकार जेनजीको म्यान्डेटविपरीत चल्यो, आन्दोलन नै हाइज्याक भयोः वरिष्ठ अधिवक्ता त्रिपाठी
भोटेकोशी बाढीको बज्रपातः प्रियजन फर्किने बाटो हेर्दै बसेको लामा परिवार
‘बाढीपीडितलाई जंक फुड होइन, पोषणयुक्त खाना दिऔं’
कर्णाली प्रतिष्ठानको रजिस्ट्रारमा उपकुलपतिको चलखेलः मापदण्डदेखि सर्टलिस्टसम्म ‘मकेन्द्र शाही मिलाउने’ खेल!
कर्णाली प्रदेशः स्वायत्तताको रहर र सत्ताको कहर
समावेशिताको मुद्धा बोकेको नेकपाले कर्णालीमा के गर्ला ?
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया