बिएल संवाददाता
दिनेश राउतको निर्देशनमा तयार भएको फिल्म ‘पुजार सार्की’को ट्रेलर सार्वजनिक गरिएको छ।
मंगलबार सार्वजनिक गरिएको ट्रेलरले अन्तरजातीय प्रेमले निम्त्याउने घटनालाई देखाउन खोजिएको छ।
फिल्ममा आर्यन सिग्देलको कथित तल्लो जातकी अञ्जना बराइलीसँग माया बस्ने, कथित तल्लो जातका मैतबहादुर अर्थात् प्रदीप खड्का भने गुरुङ युवती परीक्षा लिम्बूको प्रेममा परेको देखाइएको छ। त्यस्तै फिल्ममा पल शाह भने जात व्यवस्थाविरुद्ध विद्रोह गर्नुपर्छ भन्ने पक्षमा देखाइएको छ।
आगामी जेठ १० गतेबाट प्रदर्शनमा आउन लागेको फिल्ममा मोहन निरौला, लोकेन्द्र लेखक, सुवास गजुरेल, विद्या कार्की, तारा शर्मा, शङ्कर आचार्य, प्रेम सुब्बा, गोविन्द रमण पराजुली, राजेश बिसुराल लगायतको पनि अभिनय छ। विकास सुवेदीको लेखन रहेको फिल्मलाई संगीतकारसमेत रहेका सुवास भुसालले निर्माण गरेका हुन्।
राजेश श्रेष्ठको डिओपी रहेको फिल्मलाई भरत रेग्मीले सम्पादन तथा सुप्रिम पराजुलीले कलर ग्रेडिङ तथा हिमाल केसीले द्वन्द्व निर्देशन गरेका छन्।
अदालतको निर्णयपछि एक हुन्छ कांग्रेस?
‘समस्या नेता मात्र होइन, नागरिक संस्कार पनि हो’
बालेन सरकारबाट जनतामा संशय पैदा हुने काम नहोस्
को हुन् नवनियुक्त महान्यायाधिवक्ता डा. कँडेल?
पूर्वमन्त्रीहरू र कर्मचारीको घरमा सुसारेका रुपमा कार्यरत बर्दिधारीलाई फिर्ता बोलाउन माग
श्यामूलले छिचोलेको ‘नशा’को त्यो पहाड (भिडियाेसहित)
क्रान्तिको नाममा लुट, देशको नाममा धोका
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया