बिएल संवाददाता
भारतीय चर्चित टेलिभिजन अभिनेत्री श्वेता तिवारीले दुई पटक सम्बन्धविच्छेद गरिसकेकी छन्।
श्वेताको पहिलो विवाहबाट एक छोरी पलक तिवारी छिन्। यसपछि उनले अभिनव कोहलीसँग दोस्रो विवाह गरिन् जसबाट उनको एउटा छोरा रेयांश छ।
सम्बन्ध विच्छेदको लामो समयपछि श्वेता तिवारीकाे मन एक पटक फेरि धड्किएकाे छ। त्यहिपनि आफूभन्दा १० वर्ष कान्छाकाे लागि।
उनी एक मुस्लिम अभिनेतासँग डेट गरिरहेकी छन् भन्ने खबर भाइरल भइरहेकाे छ। जो उनीभन्दा १० वर्ष कान्छा छन् र दुवैले छिट्टै बिहे गर्न लागेकाे कुरा बाहिरिरहेकाे छ।
श्वेता तिवारीसँग डेट गरिरहेका अभिनेता अरू काेही हाेइनन् सिरियल इम्लीमा पनि देखिएका फहमान खान हुन्।
दुवै स्टारको डेटिङको खबरले फ्यानलाई अचम्ममा पारेको छ। किनकी दुवै–जनाकाे उमेरमा धेरै अन्तर छ।
कुनैबेला भारतीय टेलिभिजनमा 'राज' गरेकी थिइन् श्वेताले। सन् २०११ सालमा उनी बिग बाेस–४ की बिजेता भएकी थिइन्।
र, उनी सन् २०२१ सालमा रियालिटी शाे–'खतराें के खिलाडी–११' मा भाग लिएकी थिइन्।
टेलिभिजनबाट नाम र दाम दुबै कमाएकी अभिनेत्री श्वेता तिवारी लामाे समयपछि ओटीटी शोमा फर्किएकी छिन्।
अदालतको निर्णयपछि एक हुन्छ कांग्रेस?
‘समस्या नेता मात्र होइन, नागरिक संस्कार पनि हो’
बालेन सरकारबाट जनतामा संशय पैदा हुने काम नहोस्
को हुन् नवनियुक्त महान्यायाधिवक्ता डा. कँडेल?
पूर्वमन्त्रीहरू र कर्मचारीको घरमा सुसारेका रुपमा कार्यरत बर्दिधारीलाई फिर्ता बोलाउन माग
श्यामूलले छिचोलेको ‘नशा’को त्यो पहाड (भिडियाेसहित)
क्रान्तिको नाममा लुट, देशको नाममा धोका
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया