बिएल संवाददाता
अभिनेत्री पूजा शर्माले पहिलोपटक एक्सन भूमिकामा अभिनय गरेको फिल्म ‘दान्भी’ अब आगामी असार ७ गतेबाट प्रदर्शनमा आउने भएको छ।
पूजाको जन्मदिनको अवसरमा फिल्मको नयाँ प्रदर्शन मिति घोषणा गरिएको हो। यसअघि फिल्मलाई जेठ १० गते ल्याउने तयारी गरिएको थियो। तर, यो मितिमा दुई ठूलो फिल्म ‘पूजार सार्की’ र ‘फर्की फर्की’ आउने भएपछि फिल्मको प्रदर्शन मिति सारिएको हो।
रुपेश तामाङको निर्देशनमा तयार भएको फिल्ममा पूजाको अपोजिटमा कुन्साङ बम्जन रहेका छन्। कुन्साङले यही फिल्मबाट डेब्यु गर्दै छन्। त्यस्तै, ‘पर्खि बसेँ तिमीलाई’बाट डेब्यु गरेका किरण श्रेष्ठको पनि फिल्ममा अभिनय छ। यस फिल्ममा पूजा एक्सन अवतारमा देखिदै छन्।
देउवा समूहबाट अबको सभापति को?
छानबिन समितिमा खगेन्द्रको इन्कारी पत्र, अनुसन्धान लम्बिने संकेत
धरतीको स्वर्ग राराः प्राकृतिक सौन्दर्य र पर्यटनको अनुपम संगम
वर्षमा १ दिन खुल्ने ‘तलेजु मन्दिर’को रोचक तथ्य
‘नेपाल हितमा छैन राष्ट्रिय परिचयपत्र’
मलेसियामा राम्रो तलब र अवसर, नेपालमा विवादले रोजगारी गुम्ने जोखिम
निकास के त? व्यवस्था परिवर्तन कि पूर्ण पुनर्संरचना?
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया