बिएल संवाददाता
पछिल्लाे समय सामाजिक सञ्जालमा चर्चित छन् मनिषाा रानी। उनकाे बाेल्ने स्टाइलकाे घायल छन् दर्शकहरू।
चुलबुले व्यवहारकाे कारण चर्चामा छाइरहने उनले अहिले ‘झलक दिखला जा ११’ की विजेता भएर झनै चर्चा बटुलेकी छन्। र, अब उनकाे बलिउडमा पाइला टेक्ने खबर बाहिरिरहेकाे छ।
उनको एउटा फ्यान पेजबाट एउटा तस्विर सामाजिक सञ्जालमा शेयर गरिएको छ, जसमा उनी ‘द कश्मीर फाइल्स’ जस्ता फिल्म बनाउने निर्देशक विवेक अग्निहोत्रीसँग देखिएकी छिन्।
यो तस्विर बाहिर आएपछि मानिसहरूले यी दुईले सँगै काम गर्ने अपेक्षा गरेका छन्।
मनिषा रानी र विवेक अग्निहोत्रीकाे ‘क्यामेस्ट्री’
मनिषा रानीको फ्यान पेजबाट निर्देशक विवेक अग्निहोत्रीसँग शेयर गरिएको तस्विरमा उनी कुर्सीमा बसेकी देखिन्छिन्।
निर्देशक विवेक अग्निहोत्री उनीसँगै उभिएर पोज दिइरहेका छन्। यो तस्बिर देखेपछि प्रयोगकर्ताले मनिषा रानीलाई फिल्ममा हेर्ने अपेक्षा गरेका छन्।
के मनिषा रानी बलिउडमा प्रवेश गर्दैछिन्?
अहिले मनिषा रानी र विवेक अग्निहोत्रीको सँगैको तस्बिर मात्रै सार्वजनिक भएको छ। मनिषा उनको कुनै फिल्मको हिस्सा बनेकी हुन् वा होइनन् भन्ने टुंगो लागिसकेको छैन।
देउवा समूहबाट अबको सभापति को?
छानबिन समितिमा खगेन्द्रको इन्कारी पत्र, अनुसन्धान लम्बिने संकेत
धरतीको स्वर्ग राराः प्राकृतिक सौन्दर्य र पर्यटनको अनुपम संगम
वर्षमा १ दिन खुल्ने ‘तलेजु मन्दिर’को रोचक तथ्य
‘नेपाल हितमा छैन राष्ट्रिय परिचयपत्र’
मलेसियामा राम्रो तलब र अवसर, नेपालमा विवादले रोजगारी गुम्ने जोखिम
निकास के त? व्यवस्था परिवर्तन कि पूर्ण पुनर्संरचना?
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया