बिएल संवाददाता
नायिका तथा चलचित्र निर्माता रेखा थापाकी छोरी बैभबी राज्यलक्ष्मी शाही ठकुरीको पहिलो झल्को देखिएको छ।
तस्बिरमा रेखा थापाका श्रीमान बलराम शाही ठकुरीले छोरीलाई खेलाउँदै गरेको अवस्थामा देखिए। यो उनको पहिलो सन्तान हो। नायिका रेखाले आफ्नो पहिलो सन्तानलाई अमेरिकामा जन्म दिएकी हुन्।
बुवा बलराम यसरी केयर गर्दै गरेको फाेटाे/भिडियो नायिका रेखा थापाले आफ्नो फेसबुकमा सार्वजनिक गरेकी छन्। यो तस्बिरमा उनकी छोरीको अनुहार राम्रोसँग हेर्न सकिन्छ। यो जोडी पछिल्लो समयमा निकै चर्चित जोडीको रुपमा देखिएका छन्।
केही समयपछि यो परिवार नेपाल आउने तयारीमा पनि छ।
उनको चलचित्र उपहारको नेपाल र नेपाल बाहिर निकै चर्चा भयो। चलचित्रमा रेखा थापा, पुजा शर्मा, वेनिशा हमाल, सुष्मा कार्कीलगायत कलाकारको जोडदार प्रस्तुति छ।
यो चलचित्र रिलिजकै समयमा रेखाले छोरीलाई जन्म दिन अमेरिकामा थिइन्। तर, पूरै जिम्मेवारी पाएकी पुजाले राम्रैसँग निभाइन्। यो चलचित्रको गीत ‘वा -वा -वा’ निकै चर्चित बन्यो।
नेपाली चलचित्र जगतमा रेखाले नेपाली नारीलाई उच्च स्थान दिँदै आएकी छिन्। उनी नेपालकाे एकमात्र महिला प्रधान चलचित्र बनाउने नायिका हुन्। महिलाहरुको आटलाई निकै अर्थपूर्ण ढंगले चलचित्रमा प्रस्तुत गरिएको छ।
रेखाले खेलेका चलचित्र निकै रुचाईएका छन् नेपाली समाजमा। उनले धेरै नायक र नायिकासँग मिलेर काम गरिसकेकी छन्।
देउवा समूहबाट अबको सभापति को?
छानबिन समितिमा खगेन्द्रको इन्कारी पत्र, अनुसन्धान लम्बिने संकेत
धरतीको स्वर्ग राराः प्राकृतिक सौन्दर्य र पर्यटनको अनुपम संगम
वर्षमा १ दिन खुल्ने ‘तलेजु मन्दिर’को रोचक तथ्य
‘नेपाल हितमा छैन राष्ट्रिय परिचयपत्र’
मलेसियामा राम्रो तलब र अवसर, नेपालमा विवादले रोजगारी गुम्ने जोखिम
निकास के त? व्यवस्था परिवर्तन कि पूर्ण पुनर्संरचना?
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया