बिएल संवाददाता
नायिका तथा चलचित्र निर्माता रेखा थापाकी छोरी बैभबी राज्यलक्ष्मी शाही ठकुरीको पहिलो झल्को देखिएको छ।
तस्बिरमा रेखा थापाका श्रीमान बलराम शाही ठकुरीले छोरीलाई खेलाउँदै गरेको अवस्थामा देखिए। यो उनको पहिलो सन्तान हो। नायिका रेखाले आफ्नो पहिलो सन्तानलाई अमेरिकामा जन्म दिएकी हुन्।
बुवा बलराम यसरी केयर गर्दै गरेको फाेटाे/भिडियो नायिका रेखा थापाले आफ्नो फेसबुकमा सार्वजनिक गरेकी छन्। यो तस्बिरमा उनकी छोरीको अनुहार राम्रोसँग हेर्न सकिन्छ। यो जोडी पछिल्लो समयमा निकै चर्चित जोडीको रुपमा देखिएका छन्।
केही समयपछि यो परिवार नेपाल आउने तयारीमा पनि छ।
उनको चलचित्र उपहारको नेपाल र नेपाल बाहिर निकै चर्चा भयो। चलचित्रमा रेखा थापा, पुजा शर्मा, वेनिशा हमाल, सुष्मा कार्कीलगायत कलाकारको जोडदार प्रस्तुति छ।
यो चलचित्र रिलिजकै समयमा रेखाले छोरीलाई जन्म दिन अमेरिकामा थिइन्। तर, पूरै जिम्मेवारी पाएकी पुजाले राम्रैसँग निभाइन्। यो चलचित्रको गीत ‘वा -वा -वा’ निकै चर्चित बन्यो।
नेपाली चलचित्र जगतमा रेखाले नेपाली नारीलाई उच्च स्थान दिँदै आएकी छिन्। उनी नेपालकाे एकमात्र महिला प्रधान चलचित्र बनाउने नायिका हुन्। महिलाहरुको आटलाई निकै अर्थपूर्ण ढंगले चलचित्रमा प्रस्तुत गरिएको छ।
रेखाले खेलेका चलचित्र निकै रुचाईएका छन् नेपाली समाजमा। उनले धेरै नायक र नायिकासँग मिलेर काम गरिसकेकी छन्।
कांग्रेसभित्र सहमतिको अन्तिम अस्त्र ‘डा. शेखर’
सरकार जेनजीको म्यान्डेटविपरीत चल्यो, आन्दोलन नै हाइज्याक भयोः वरिष्ठ अधिवक्ता त्रिपाठी
भोटेकोशी बाढीको बज्रपातः प्रियजन फर्किने बाटो हेर्दै बसेको लामा परिवार
‘बाढीपीडितलाई जंक फुड होइन, पोषणयुक्त खाना दिऔं’
कर्णाली प्रतिष्ठानको रजिस्ट्रारमा उपकुलपतिको चलखेलः मापदण्डदेखि सर्टलिस्टसम्म ‘मकेन्द्र शाही मिलाउने’ खेल!
कर्णाली प्रदेशः स्वायत्तताको रहर र सत्ताको कहर
समावेशिताको मुद्धा बोकेको नेकपाले कर्णालीमा के गर्ला ?
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया