बिएल संवाददाता
सशस्त्र द्वन्द्वकालको कथा–व्यथामा आधारित लेखक जेबी दर्लामीको उपन्यास ‘मारीखोलाको ढुङ्गो’ आज (शनिबार) लोकार्पित भएको छ।
पब्लिकेसन नेपालयद्वारा आयोजित कार्यक्रममा उपन्यासको कथा–कालमा जन्मिएकी इभा काफ्लेलाई लेखक दर्लामीले पुस्तक हस्तान्तरण गरेर उक्त उपन्यास लोकार्पण गरिएको हो। सो अवसरमा मुलुक द्वन्द्व र सङ्कटकालमा हुँदा जन्मिएकी इभाले सशस्त्र द्वन्द्वबारे आफू र आफ्नो पुस्ताको बुझाइका साथै ‘मारीखोलाको ढुङ्गो’ पढ्दाको आफ्नो अनुभूति सुनाइन्।
‘समाज विज्ञानको विद्यार्थी भएपनि हामीले द्वन्द्वकालबारे कक्षाकोठामा पढ्नै पाएनौँ, घरघरमा कथा सुनाउने चलन पनि अब छैन’, पठन अनुभव सुनाउँदै इभाले भनिन्, ‘चिन्दै नचिनेको देश हामीले कसरी बनाउने? हामी कहाँबाट आयौँ? अहिले कहाँ छौँ? यस्ता प्रश्नको जवाफ मैले यो उपन्यासमा पाएँ।’
अर्घाखाँचीको विकट मानिने सिलिङखोलामा जन्मिएका लेखक दर्लामी हाल बुटवल बस्दै आएका छन्। यसअघि उनका दुई उपन्यास तथा ‘नेपालको राजनीतिमा अर्घाखाँची’ सोधमूलक पुस्तक प्रकाशित भइसकेका छन्।
पब्लिकेसन नेपालयकी प्रमुख कार्यकारी सैजन मास्केले नेपाली समाजको सङ्घर्ष, सपना र यथार्थ चित्रण गर्ने आख्यान वा गैह्रआख्यान दुवै विधाका पुस्तक प्रकाशनका क्रममा ‘मारीखोलाको ढुङ्गो’जस्तो सुन्दर उपन्यासको जिम्मेवारी लिएको बताए।
कूल एक सय ३४ पृष्ठको सो कृति पुस्तक विश्वभरका पाठकले अमेजनका माध्यमबाट पनि खरिद गर्न सक्नेछन्।
वर्षमा १ दिन खुल्ने ‘तलेजु मन्दिर’को रोचक तथ्य
‘नेपाल हितमा छैन राष्ट्रिय परिचयपत्र’
मलेसियामा राम्रो तलब र अवसर, नेपालमा विवादले रोजगारी गुम्ने जोखिम
निकास के त? व्यवस्था परिवर्तन कि पूर्ण पुनर्संरचना?
नागरिकता कानुन संशोधनको आवश्यकता
यूएनमा प्रधानमन्त्री बालेनको १४ मिनेटः विश्वको ध्यान तान्यो, नेपालीको मन
‘संविधानको आत्मा, अभ्यास र नागरिक अपनत्व’
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया