बिएल संवाददाता
सशस्त्र द्वन्द्वकालको कथा–व्यथामा आधारित लेखक जेबी दर्लामीको उपन्यास ‘मारीखोलाको ढुङ्गो’ आज (शनिबार) लोकार्पित भएको छ।
पब्लिकेसन नेपालयद्वारा आयोजित कार्यक्रममा उपन्यासको कथा–कालमा जन्मिएकी इभा काफ्लेलाई लेखक दर्लामीले पुस्तक हस्तान्तरण गरेर उक्त उपन्यास लोकार्पण गरिएको हो। सो अवसरमा मुलुक द्वन्द्व र सङ्कटकालमा हुँदा जन्मिएकी इभाले सशस्त्र द्वन्द्वबारे आफू र आफ्नो पुस्ताको बुझाइका साथै ‘मारीखोलाको ढुङ्गो’ पढ्दाको आफ्नो अनुभूति सुनाइन्।
‘समाज विज्ञानको विद्यार्थी भएपनि हामीले द्वन्द्वकालबारे कक्षाकोठामा पढ्नै पाएनौँ, घरघरमा कथा सुनाउने चलन पनि अब छैन’, पठन अनुभव सुनाउँदै इभाले भनिन्, ‘चिन्दै नचिनेको देश हामीले कसरी बनाउने? हामी कहाँबाट आयौँ? अहिले कहाँ छौँ? यस्ता प्रश्नको जवाफ मैले यो उपन्यासमा पाएँ।’
अर्घाखाँचीको विकट मानिने सिलिङखोलामा जन्मिएका लेखक दर्लामी हाल बुटवल बस्दै आएका छन्। यसअघि उनका दुई उपन्यास तथा ‘नेपालको राजनीतिमा अर्घाखाँची’ सोधमूलक पुस्तक प्रकाशित भइसकेका छन्।
पब्लिकेसन नेपालयकी प्रमुख कार्यकारी सैजन मास्केले नेपाली समाजको सङ्घर्ष, सपना र यथार्थ चित्रण गर्ने आख्यान वा गैह्रआख्यान दुवै विधाका पुस्तक प्रकाशनका क्रममा ‘मारीखोलाको ढुङ्गो’जस्तो सुन्दर उपन्यासको जिम्मेवारी लिएको बताए।
कूल एक सय ३४ पृष्ठको सो कृति पुस्तक विश्वभरका पाठकले अमेजनका माध्यमबाट पनि खरिद गर्न सक्नेछन्।
कांग्रेसभित्र सहमतिको अन्तिम अस्त्र ‘डा. शेखर’
सरकार जेनजीको म्यान्डेटविपरीत चल्यो, आन्दोलन नै हाइज्याक भयोः वरिष्ठ अधिवक्ता त्रिपाठी
भोटेकोशी बाढीको बज्रपातः प्रियजन फर्किने बाटो हेर्दै बसेको लामा परिवार
‘बाढीपीडितलाई जंक फुड होइन, पोषणयुक्त खाना दिऔं’
कर्णाली प्रतिष्ठानको रजिस्ट्रारमा उपकुलपतिको चलखेलः मापदण्डदेखि सर्टलिस्टसम्म ‘मकेन्द्र शाही मिलाउने’ खेल!
कर्णाली प्रदेशः स्वायत्तताको रहर र सत्ताको कहर
समावेशिताको मुद्धा बोकेको नेकपाले कर्णालीमा के गर्ला ?
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया