सोमबार, २४ अगस्ट २०२६

सुशासन त ‘सम्झिने पानी छम्किने’

नेपाल विधिको शासनतिर भन्दा निर्देशनको शासनतिर अगाडि बढिरहेको छ।हरेक दिन जो जहाँ छन्, दुई-चार थान निर्देशन दिएकै छन्। निर्देशन भनेको एक किसिमको हुकुम हो। यसरी हेर्दा देश फेरि हुकुमी शासनमा फर्केको छ। यस्तो देशमा सुशासन त ‘सम्झिने पानी छम्किने’ मात्र हो।

प्रदीप भट्टराई

प्रदीप भट्टराई - अमेरिका

मान्छे निलिरहेकाे बिजुलीका तार

करेन्ट लागेमा बाँच्ने सम्भावना निकै न्यून हुनेगर्छ। घरमा बत्ती बाल्नका लागि जोडिएको २२० भोल्टको विद्युतीय झड्का (करेन्ट)लागे मात्रै पनि ज्यान जान्छ। योभन्दा उच्च भोल्टको करेन्ट लागेमा बाँच्ने सम्भावना नहुने जानकार बताउँछन्।

टोपेन्द्र रोका मगर

टोपेन्द्र रोका मगर - काठमाडौं

विराटनगरकाे रानी क्षेत्रमा दुई समूहबीच झडप

मोरङको विराटनगरस्थित रानीमा दुई समूहबीच झडप भएकाे छ।  बुधबार एक समूहले निकालेको र्‍यालीलाई अर्को समूहले अवरोधको प्रयास गरेपछि दुवै पक्षबीच झडप भएको प्रहरीले जनाएको छ।

बिएल संवाददाता

बिएल संवाददाता - विराटनगर

कांग्रेसले भन्याे- कानुनको बेवास्ता गर्दै संसद् अधिवेशन आह्वान गर्नु असंवैधानिक

‘सम्मानित अदालतबाट भएको अन्तरिम आदेश, संविधान र विद्यमान कानुनको बेवास्ता गर्दै संसद् अधिवेशन आह्वान गर्नु असंवैधानिक कार्य हो। यसप्रति गम्भीर सहमति जनाउँदै यसबाट प्रदेशसभामा द्वन्द्वको वातावरण सिर्जना हुने हुँदा यसको जिम्मेवार सम्बन्धित पक्षहरू हुने समेत स्पष्ट पार्दछौँ’, उनले भनेका छन्।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

साउदी अरेबियालाई पराजित गर्दै नेपाल सेमिफाइनलमा

एसिसी प्रिमियर कप क्रिकेट प्रतियोगिताअन्तर्गत समूह चरणको आफ्नो अन्तिम खेलमा नेपालले साउदी अरेबियालाई छ विकेटले पराजित गरेको छ। जितसँगै नेपाल समूह चरणमा अपराजित रहँदै सेमिफाइनलमा प्रवेश गरेको हो।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

सुदूरपश्चिमकाे मुख्यमन्त्रीमा सोडारीलाई नै अगाडि सार्ने एकीकृत समाजवादीकाे निर्णय

नेकपा एकीकृत समाजवादीले सुदूरपश्चिम प्रदेशको मुख्यमन्त्रीमा दिर्घबहादुर सोडारीलाई अगाडि सार्ने निर्णय गरको छ। बुधबार पार्टी केन्द्रीय कार्यालय आलोकनगरमा बसेको सचिवालय बैठकले सुदूरपश्चिम संसदीय दलका नेता सोडारीलाई मुख्यमन्त्रीमा अगाडि सार्ने निर्णय गरेको हो।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

साउदी अरेबियाले नेपाललाई दियो ७४ रनको लक्ष्य

एसिसी प्रिमियर कप क्रिकेट प्रतियोगिताअन्तर्गत आज जारी खेलमा साउदी अरेबियाले नेपालसामू जितका लागि ७४ रनको लक्ष्य प्रस्तुत गरेको छ। ओमानको अल अमेरत खेल मैदानमा जारी खेल वर्षाले प्रभावित भएपछि २० ओभरबाट आठ ओभरमा झारिएको थियो।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

माइतीघरमा संयुक्त पार्टीकाे प्रदर्शन, गृहमन्त्री लामिछानेकाे राजीनामा माग

गणतन्त्रात्म व्यवस्थामा जबरजस्त हिन्दु राष्ट्र माग उठिरहेकाे भन्दै धार्मिक स्वतन्त्रतासहित धर्मनिरपेक्षता कायम हुनुपर्ने रिपब्लिक पार्टीका अध्यक्ष भरत गिरीले बताए। साथै उनीहरुले गृहमन्त्री रवि लामिछानेकाे राजीनामासमेत माग गरेका छन्।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

सुदूरपश्चिममा फेरि लफडा: एकीकृत समाजवादीका सोडारीलाई एमालेले गर्‍याे अस्वीकार

एकीकृत समाजवादी प्रदेश संसदीय दलका नेता सोडारीलाई मुख्यमन्त्री बनाउन अगाडि सरिसकेको छ तर एमालेले भने उनी विवादित व्यक्त भएको भन्दै उनको विकल्प खोज्न भनेपछि राजनीति फेरि तरंगित बनेको हो। एमालेले सोडारीविरुद्ध सम्पत्ति शुद्धीकरणमा मुद्दा विचाराधीन रहेको र मन्त्री भएका बेला पनि विवादित बनेको भन्दै उनको विकल्प खोज्न अडान लिएको बताइएको छ।

बिएल संवाददाता

बिएल संवाददाता - धनगढी

सल्यानमा बस दुर्घटना: १४ जना घाइते, चारको अवस्था गम्भीर

रा १ ख २०८५ नं को बस बागचौर–२ ठिनबाँङस्थित पुलदेखि तल खस्दा दुर्घटना भएको लुम्बिनी प्रदेश प्रहरी प्रमुख प्रहरी नायब महारिक्षक कुवेर कडायतले बताए। उनका अनुसार घाइतेमध्ये चार जनाको अवस्था गम्भीर छ।

बिएल संवाददाता

बिएल संवाददाता - दाङ

एन्फाका उपाध्यक्ष दावा लामा पक्राउ

अखिल नेपाल फुटबल संघ (एन्फा)का उपाध्यक्ष दावा लामा पक्राउ परेका छन्। लागुऔषध कारोबार मुद्दामा फरार रहेका लामालाई काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले पक्राउ गरेको हाे। 

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

आयाेगले सम्झायाे निर्वाचन आचारसंहिता, सामाजिक सञ्जाल चलाउँदा सचेत हुनुहाेस्

निर्वाचन आयोगले यही वैशाख १५ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा उपनिर्वाचन प्रयोजनका लागि जारी आचारसंहिताविपरीत सामाजिक सञ्जाल वा सञ्चारमाध्यमको दुरुपयोग गरेमा तत्काल कारबाही प्रक्रिया अघि बढाउने भएको छ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैं

आज नेपाल र साउदी अरेबिया प्रतिस्पर्धा गर्दै

एसीसी प्रिमियर कपअन्तर्गत आज (बिहीबार) नेपाल र साउदी अरेबियाबीच खेल हुँदैछ। ओमानको अल अमेरातस्थित ओमान क्रिकेट एकेडेमीमा हुने यो खेल बिहान ११ : ४५ बजेदेखि सुरु हुनेछ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैं

सुदूरपश्चिमकाे मुख्यमन्त्रीका लागि पेस भएकाे दुवै दाबी अस्वीकृत

सुदूरपश्चिम प्रदेशकाे मुख्यमन्त्रीका लागि नागरिक उन्मुक्ति पार्टीबाट परेका दुवै दाबी अस्वीकृत भएकाे छ। मंगलबार प्रदेश प्रमुख नजिर मियाले दुवै जनाको दाबी निष्कर्षमा पुग्न नसकिएकाे भन्दै अस्वीकृत गरेका हुन्।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

कुनै पनि कालखण्डमा भएका भ्रष्टाचारकाे छानबिन हुन्छ: प्रधानमन्त्री प्रचण्ड

‘भ्रष्टाचारसँग जोडिएका विषयको छानबिन र अनुसन्धान गरी कुनै पनि कालखण्डमा भएका भ्रष्टाचार र जो कोही भ्रष्टाचारीमाथि कानुनी कारवाही अगाडि बढाउन सरकार प्रतिबद्ध छ’, प्रधानमन्त्री प्रचण्डले भने, ‘वर्तमान सरकारको प्रमुख प्राथमिकता छन्, सुशासन, सामाजिक न्याय र समृद्धि हो, त्यसमध्ये सुशासन कायम गर्ने प्रश्नलाई सबैभन्दा अग्रभाग राखेर सोहीअनुरूप कार्यान्वयनको प्रक्रिया पनि अगाडि बढिरहेकै छ।’

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

एकीकृत समाजवादीद्वारा सुदूरपश्चिमकाे मुख्यमन्त्रीमा लक्ष्मणकिशोरलाई दिएकाे समर्थन फिर्ता

एकीकृत समाजवादीको प्रदेश संसदीय दलका नेता दीर्घ सोडारीले मंगलबार प्रदेश प्रमुख नजिर मियालाई पत्र बुझाउँदै चौधरीलाई मुख्यमन्त्रीका लागि दिएकाे समर्थन फिर्ता लिएकाे जानकारी गराएका हुन्।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

मधेस प्रदेशसभामा जनमत पार्टीकाे अवरोध, बैठक स्थगित

मधेस प्रदेशको बैठक १० मिनेटका लागि स्थगित भएको छ। मुख्यमन्त्री सरोजकुमार यादवले विश्वासको मत लिन बोलाइएको बैठकमा जनमत पार्टीका सांसदहरुले बैठक अवरोध गरेपछि बैठक स्थगित भएको छ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

महालेखापरीक्षकमा तोयम राया सर्वसम्मत अनुमोदन

समितिका सभापति पशुपतिशमशेर जबराले प्रस्तावित महालेखापरीक्षकमा रायाको नाम सर्वसम्मतिले अनुमोदन गरेको बताए। प्रस्तावित रायाले १५ पेजको कार्ययोजना प्रस्तुत गर्दै बेरूजु कम गर्नाका लागि काम गर्ने प्रतिबद्धता व्यक्त गरेका थिए।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

खेलकुद मैदान निर्माणमा भ्रष्टाचार, तत्कालीन कार्यालय प्रमुखसहित ५ जनाविरुद्ध मुद्दा

आयोगले सामाजिक विकास कार्यालय डोल्पाका प्रमुख आचार्य, सव–इञ्जिनियर मोतीप्रसाद बुढा, उपभोक्ता समितिका अध्यक्ष अभिषेक शाही, सचिव अपार गुरुङ र कोषाध्यक्ष विश्वनाथ शाहीविरुद्ध रु नौ लाख ९३ हजार नौ सय ४० बराबरको बिगो दावी गरिएको आयोगका प्रवक्ता नरहरि घिमिरेले जानकारी दिए।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

प्रधानमन्त्री प्रचण्ड र झलनाथ खनालबीच सुदूरपश्चिम सरकारबारे छलफल

एकीकृत समाजवादी सुदूरपश्चिम प्रदेशको विषयमा सत्ता समीकरणमा असन्तुष्ट रहेको बेला प्रधानमन्त्री प्रचण्डले नेता खनालसँग प्रधानमन्त्री निवास बालुवाटारमा छलफल गरेका हुन्।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैं