बिएल संवाददाता
नेपाली कांग्रेसका महामन्त्री गगन थापाले उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले दिएकाे अभिव्यक्तिकाे जिम्मा प्रधानमन्त्रीले लिनुपर्ने बताएका छन्।
आइतबार बसेको प्रतिनिधिसभा बैठकमा सांसद थापाले यसअघि गृहमन्त्री लामिछानेले संसदमा सम्बोधनका क्रममा बोलेका विषय उठाउँदै अब आफूहरुको हिसाब किताब गृहमन्त्रीसँग नभएर प्रधानमन्त्रीसँग हुने बताए।
गृहमन्त्रीले संसदको गरिमा नराखेको बताउँदै सभामुखको समेत ध्यानाकर्षण गराएका छन्। गृहमन्त्रीले संसदमा विदेशी एजेन्ट रहेको भन्ने वाक्य संवेदनशील रहेको बताउँदै यो भनाइलाई कांग्रेसले सामान्य रुपमा नलिने स्पष्ट गरे।
उनले भने, 'कि त प्रधानमन्त्रीले संसदमा आएर भन्नुपर्यो कि गृहमन्त्रीले बोलेका कुरामा मेरो पनि सहमति छ, हैन भने संसदको रेकर्डबाट हटाउछु भनेर भन्न सक्नुपर्यो। हिसाब किताब लिन्छौँ र यही संसदमा लिन्छौँ। यो हिसाब किताब गृहमन्त्रीसँग लिएर मात्र अर्थ भएन, हिसाब किताब त प्रधानमन्त्रीसँगै लिने हो।'
नेपाल पुनर्संरचना किन?
रामकुमारी झाँक्री: ‘बोल्न पाइन्छ’ देखि ‘फर्किन पाइन्छ’ सम्मको यात्रा
देश र प्रहरी संगठनको हितमा वरिष्ठलाई ‘आईजीपी’
स्वतन्त्रता भनेको स्वच्छन्दता र अराजकता होइन
नेपालको भविष्य: राजसंस्था र लोकतन्त्र
नेपाल र इजिप्टका जेन–जी आन्दोलन: परिवर्तनको स्वर, पराजयको चित्र
विवादमा नेपाली सेना, यस्तो छ इतिहास
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया