महिला एसिया कपमा नेपालको विजयी सुरुवात
शुक्रबार भएको उद्घाटन खेलमा नेपालले युएईलाई ६ विकेटले पराजित गरेको हो। युएईले दिएको ११६ रनको लक्ष्य पछाएको नेपालले १६.१ ओभरमा ४ विकेट गुमाएर लक्ष्य पुरा गरेको थियो। नेपालका लागि सम्झना खड्काले अविजित ७२ रन बनाएकी थिइन् भने रुबिना क्षेत्रीले १० रन बनाएकी थिइन्।
बिएल संवाददाता - काठमाडौं