बिएल संवाददाता
प्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले देशको अवस्था प्रशंसा गर्न लायकको नरहेका टिप्पणी गरेका छन्।
बिहीबार काठमाडौँमा आयोजित ६२औँ इन्जिनियर दिवसको उद्घाटन समारोहलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले गौरवपूर्ण इतिहास भएपनि देशको सन्तोषजनक अवस्था नरहेको भन्दै त्यो अवस्थालाई बदल्न आवश्यक रहेको बताए।
उनले भने, ‘देशको अवस्था राम्रो छैन। प्रशंसा गर्न लायक छैन देशको अवस्था। देश प्रशंसा गर्न लायक छ, देशको इतिहास प्रशंसा गर्न लायक छ। गौरवपूर्ण इतिहास छ। भविष्य उज्वल छ। तर, आज सन्तोष मान्न र खुसी सकिने अवस्था छैन। हामीले यस अवस्थालाई हामीले बदल्नै पर्ने छ।’
प्रधानमन्त्री ओलीले सरकारले देशमा भएका अप्ठ्यारालाई सजिलोमा परिणत गर्ने पनि बताए।
‘सरकार अप्ठ्यारा खोज्ने होइन, अप्ठ्यारालाई सजिलोमा परिणत गर्न समाधान खोज्ने तरिकामा छ। त्यसैले तपाईंहरु यसमा ढुक्क हुनुभए हुन्छ’, उनले भने।
अब अमेरिका पस्न तीन सहरबाट मात्र सकिने !
अमेरिकी भिसा लिन २१ लाख ६० हजार रुपैयाँसम्म धरौटी !
गगन–विश्वप्रकाश, लोकतन्त्रको हत्याको कारक नबन्नु
अमेरिकाबाट निस्कासित नेपालीको नयाँ कीर्तिमान
पुराना पार्टीलाई कमजोर र नयाँलाई पानीको फोका सम्झनु राम्रो होइन्ः ईश्वर पोखरेल (अन्तर्वार्ता)
ओली ९, रवि २१ : रविले धेरै पछाडि छोडे ओलीलाई
‘टेरामक्स’ प्रकरणका अभियुक्तहरूलाई उम्काउने चलखेल सुरु
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया