मन्त्रिपरिषद्का समितिको समन्वय गर्न ताेकिए संयोजक, प्रधानमन्त्रीलाई राजनीतिक समितिको जिम्मेवारी
साेमबार बसकाे मन्त्रिपरिषद् बैठकले समितिहरुको समन्वय गर्न संयोजक तोक्ने निर्णय गरेकाे सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले जानकारी दिइन्। मन्त्री शर्माका अनुसार राजनीतिक समितिको संयोजककाे जिम्मेवारी प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई दिइएको छ।
बिएल संवाददाता - काठमाडौं