बिएल संवाददाता
नेकपा माओवादी केन्द्रका नेताहरूले पार्टी कमिटीको आकार सानो बनाउनुपर्ने प्रस्ताव राखेका छन्।
प्रवक्ता अग्निप्रसाद सापकोटाले बैठकमा पार्टी कमिटीको आकार सानो बनाउनुपर्ने प्रस्ताव आएको बताएका छन्।
सोमबार पार्टी कार्यालयमा बसेको स्थायी कमिटी बैठकमा नेताहरूले कमिटीको आकार घटाउनुपर्ने सुझाव राखेको प्रवक्ता अग्निप्रसाद सापकोटाले जानकारी दिए।
उनले भने, ‘आज सबैले जोड दिएर भनेको कुरा के हो भने हाम्रो चिन्तनको धरातल माथि उठ्नु पर्यो, हाम्रा छलफल बहस दर्शन, विचार, राजनैतिक सिद्धान्तमा बढि केन्द्रीत हुनुपर्यो र यसको साथै पार्टी कमिटी आलोचना, आत्मालोचना गर्न पनि धौधौ हुने खालका ठूला भए त्यो पार्टी कमिटी सानो बनाउनुपर्छ भन्ने छ।’
यसको साथै, उनले पार्टी नेतृत्वको विषयमा विधिगत छलफलतिर जानुपर्ने सुझाव आएको भन्दै सबैको सामूहिक नेतृत्वको केन्द्रीकृत अभिव्यक्ति अहिले प्रचण्डबाट मात्रै हुन्छ भन्ने सबैले राखेको पनि बताए।
उनले भने, ‘नेतृत्वको सवालमा त्यसको वैचारिक, राजनीतिक, सांगठनिक, विधिगत छलफलतिर जानुपर्छ भन्ने छ। सबैको सामूहिक नेतृत्वको केन्द्रीकृत अभिव्यक्ति, त्यसको केन्द्रीकृत अभिव्यक्ति भनेको अहिले प्रचण्डबाट मात्रै हुन्छ भन्ने कुरा पनि सबैले राख्नुभएको छ।’
माओवादीको स्थायी कमिटी बैठक शुक्रबारदेखि जारी छ।
पासपोर्ट खरिदमा अनियमितता प्रकरणः ठेक्का टुक्राउन तत्कालीन प्रधानमन्त्री ओलीकै निर्देशन!
जमुना आले मगर: खेलाडीको सपना टुट्दा जन्मिएकी रेफ्री !
अकबरे खुर्सानीले फेरिएको भोजपुर: रित्तिएका गाउँमा फर्किएको जीवन
स्विडेनलाई ५ गोल गर्दै विश्वकपमा नेदरल्यान्ड्सको दाबेदारी
प्रदीप ज्ञवालीलाई महासचिव नबनाएकोमा गुण्डुमा ओलीको ‘पछुतो’
नीतिगतले छेक्न नसकेको ‘लुट’
एक्सट्रिम इनर्जी ड्रिंक: आकर्षक विज्ञापनभित्र लुकेको गम्भीर स्वास्थ्य जोखिम !
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया