पशुपति आर्यघाटमा शव अन्त्येष्टि गर्दा लाग्ने शुल्क बढ्यो

फाइल तस्बिर

पशुपति क्षेत्र विकास कोषले आर्यघाटमा शव अन्त्येष्टि गर्दा लाग्ने शुल्क बढाएको छ । सेवासुविधा वृद्धि लगायतका माग राख्दै पशुपति आर्यघाटका कर्मचारीहरू आन्दोलित भएपछि शुल्क बढाइएको हो ।

पशुपति क्षेत्र विकास कोषका सदस्य सचिव डा. प्रदीप ढकाल सहमतिपछि कर्मचारीहरूको सेवासुविधा वृद्धि गराइएको जानकारी गराए । उनका अनुसार कर्मचारीहरूले अवकाशमा पाउने रकम वृद्धि भएको छ । ३ वर्ष काम गरेर अवकाश लिनेहरूले यसअघि ५० हजार पाउने गरेकोमा अब १ लाख ५० हजार पाउने उनले बताए ।

यसैगरी १० वर्ष काम गरेर अवकाश पाउनेहरूले ७ लाख रुपैयाँ पाउने सहमति भएको छ ।दाहसंस्कारबापत कर्मचारीले यसअघि पाउँदै भत्ता पनि १२ सय रुपैयाँबाट बढेर १५ सय पुगेको छ ।

यसैगरी काठमाडौँ महानगरपालिका ७,८,९ भित्रबाट शब बोकेको शुल्क १५०० तोकिएको छ भने ५ किलोमिटरभन्दा बाहिरबाट शव बोकेको २ हजार र शब वाहनमा सहयोग गरेको १५ सय निर्धारण गरिएको छ ।

सो शुल्कमा १० प्रतिशत सेवा सुविधा थप गरिने व्यवस्था समेत गएिएको छ । कामदारहरुको औषधि उपचार खर्च ५ हजार बाट बढाएर १५ हजार बनाइनुका साथै अस्पताल खर्चवापत दिइँदै आएको २० हजारलाई बढाएर ३० हजार बनाइएको छ ।दाउरा र चपरीको मूल्य ४/४ सयबाट बढेर ६/६ सय पुगेको छ ।

 

प्रकाशित मिति: : 2019-10-23 13:32:58

प्रतिकृया दिनुहोस्