रौतहट । पहिलो संविधानसभा निर्वाचनको पूर्वसन्ध्यामा चुनावी प्रचार प्रसारको काममा खटेका छोरा बमकाण्डमा परेपछि विक्षिप्त भएका नारायण सिंह राजपुत अझै न्याय पाउने भरोसा गर्न सकिरहेका छैनन् । आफ्नो गाउँ नजिकै बमको छर्रा लागेर समान्य घाइते भएका उनका छोरा पिन्टु भन्ने त्रिलोकप्रताप सिंहलाई निलम्बित सांसद अफताव आलमको निर्देशनमा जिउँदै जलाएर बेपत्ता पारिएको उनीहरुको आरोप छ ।