काठमाडौं महिला च्याम्पियन्स लिग क्रिकेटको फाइनलमा

फाइल तस्बिर

क्याट क्वीन्स काठमाडौं महिला च्याम्पियन्स लिग क्रिकेटको फाइनलमा पुगेको छ ।

सोमबार भएको इलिमिनेटर खेलमा काठमाडौंले विराटनगर टाइटन्सलाई ९ विकेटले पराजित गर्दै फाइनलमा चितवन राइनोजसँगको भेट पक्का गरेको हो ।

६९ रनको सामान्य लक्ष्य काठमाडौंले ९.५ ओभरमा मात्र एक विकेटको क्षतिमा भेट्टायो कप्तान रुविना क्षेत्री ३४ र अप्सरी बेगम २७ रनमा अविजित रहे । विराटनगरका लागि सोनु खड्काले एक विकेट लिइन् ।

यसअघि काठमाडौंकी कप्तान रुविना क्षेत्रीले घातक बलिङ गरेपछि त्रिवि क्रिकेट मैदानमा टस जितेर ब्याटिङ गरेको विराटनगरले निर्धारित १७.३ ओभरमा सवै विकेट गुमाएर ६८ रनमात्रै जोड्न सक्यो।

विराटनगरकी ओपनर सोनु खड्काले ३४ रन जोडिन। यस्तै ज्योती पाण्डेले १२ र आरती विडारीले ११ बाहेक अन्यले दोहोरो अंक जोड्न सकेनन।

काठमाडौंकी रुविनाले ४ ओभरमा ४ रनमात्रै खर्चिएर ४ विकेट लिइन। यस्तै लक्ष्मी साउद, इश्वरी विष्ट र संगीता राईले १–१ विकेट लिइन।

प्रकाशित मिति: : 2019-10-22 14:31:50

प्रतिकृया दिनुहोस्