भैरहवा–भूमही सडकखण्डमा पर्ने पश्चिम नवलपरासीको परासीमा मोटरसाइकल दुर्घटनामा एकजनाको मृत्यु भएको छ भने एक गम्भीर घाइते भएका छन्।
सोमबार दिउँसो परासीबाट भूमहीतर्फ जाँदै गरेको लु ३२ प ७५७९ नम्बरको मोटरसाइकल भैरहवातर्फ जाँदै गरेको लु १ ख ५६५८ नम्बरको टिपरको पछिल्लो भागमा ठोकिन पुग्दा नवलपरासी रामग्राम नगरपालिका १८ बडगाउँका ३० वर्षीय लक्ष्मण चौधरीको मृत्यु भएको हो ।
सोही ठाउँका ३२ वर्षीय बलिराम चौधरीको अवस्था भने गम्भीर छ । उनको लुम्बिनी सिटी अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।