मौसम पूर्वानुमान: हिमाली क्षेत्रमा हिमपातको सम्भावना

फाइल तस्बिर

पूर्वी तथा मध्य हिमाली क्षेत्रमा हल्का हिमपातको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

महाशाखाका अनुसार सोमबार देशको मध्य तथा पूर्वी भूभागमा सामान्य बदली रहने तथा पश्चिमी भूभागमा आंशिक बदली रहनेछ । मध्य र पूर्वका थोरै स्थानहरुमा र पश्चिमका केही ठाउँमा हल्का वर्षाको सम्भावना रहेको छ भने मध्य तथा पूर्वी हिमाली भूभागका थोरै स्थानहरुमा हल्का हिमपातको सम्भावना रहेको देखिन्छ ।

सोमबार राति पनि देशका मध्य तथा पूर्वी भूभागमा आंशिकदेखि सामान्य बदली रहने तथा बाँकी भूभागमा आंशिक बदली रहने महाशाखाले जनाएको छ ।

आगामी तीन दिनको मौसम पूर्वानुमान

कार्तिक ०४ गते (सोमबार)

दिउँसो : देशको मध्य तथा पूर्वी भू भागमा सामान्य बदली रहने तथा पश्चिमी भुभागमा आंशिक बदली रहनेछ। मध्य र पुर्वका थोरै स्थानहरुमा र पश्चिमका एक वा दुइ स्थानहरुमा हल्का वर्षाको सम्भावना रहेको छ । मध्य तथा पूर्वी हिमाली भू भागका थोरै स्थानहरुमा हल्का हिमपातको सम्भावना रहेको देखिन्छ |

राती: देशका मध्य तथा पूर्वी भू भागमा आंशिक देखि सामान्य बदली रहने तथा बांकी भु-भागमा आंशिक बदली रहनेछ। देशको मध्य तथा पूर्वी पहाडी भू-भागका थोरै र पश्चिमि पहाडि भु-भागका एक वा दुई स्थानहरूमा हल्का वर्षाको सम्भावना रहेको छ।

कार्तिक ०५ गते (मंगलबार)

दिउँसो : देशका मध्य तथा पूर्वी भू भागमा आंशिक देखि सामान्य बदली रहने तथा बांकी भु-भागमा आंशिक बदली रहनेछ। मध्य र पूर्वी पहाडका एक वा दुई स्थानहरूमा हल्का वर्षाको सम्भावना रहेको छ।

राती: देशका मध्य तथा पूर्वी भू भागमा आंशिक देखि सामान्य बदली रहने तथा बांकी भु-भागमा आंशिक बदली रहनेछ। मध्य र पूर्वी पहाडका एक वा दुई स्थानहरूमा हल्का वर्षाको सम्भावना रहेको छ।

कार्तिक ०६ गते (बुधबार)

दिउँसो : देशका मध्य तथा पूर्वी भू भागमा आंशिक देखि सामान्य बदली रहने तथा बांकी भु-भागमा आंशिक बदली रहनेछ। पहाडी भेगका एक वा दुई स्थानहरूमा हल्का वर्षाको सम्भावना रहेको छ।

राती: देशका देशको मध्य तथा पूर्वी भू भागमा सामान्य बदली रहने तथा बांकी भु-भागमा आंशिक बदली रहनेछ। मध्य र पूर्वी पहाडी भेगका एक वा दुई स्थानहरूमा हल्का वर्षाको सम्भावना रहेको छ।

प्रकाशित मिति: : 2019-10-21 11:50:27

प्रतिकृया दिनुहोस्