बारामा हुकिङ्ग गरी विद्युत चुहावट गर्ने ४३ जना आईतबार विहान पक्राउ परेका छन् ।
नेपाल विद्युत प्राधिकरण कलैया वितरण केन्द्र, नेपाल प्रहरी र सशस्त्र प्रहरीको संयुक्त टोलीले विद्युत चुहावट गर्नेलाई पक्राउ गरीएको प्रहरी नायब उपरीक्षक रंजितसिंह राठौरले बताए ।
बाराको करैयामाई गांउपालिकाको हरैया, ठुलो लौतन, सहजौली, मधुबन, तेतरीया, सिस्वा, ठोरीयाही, बोधबन लगायतको ठाँउबाट उनीहरुलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय बाराले जनाएको छ ।
पक्राउ परेका ४३ जनालाई आवश्यक कारवाहीका लागि जिल्ला प्रहरीको नियन्त्रणमा राखिएको छ । पक्राउ परेकाहरुको घरमा प्रयोग भएको विद्युतीय उपकरणको आधारमा जरिवाना तथा दण्ड गरिने प्राधिकरण केन्द्रका प्रमुख गजेन्द्र कुमार चौधरीले जानकारी दिए ।