कैलाली प्रहरीले गौहत्या गरेको अभियोगमा तीन जनालाई पक्राउ गरेको छ।
शनिवार राती कैलालीको धनगढी उप–महानगरपालिका वडा नम्बर १५ फुलबारीका राम कृष्ण चौलागाईको गोठमा बाधिएको गाई चोरी भएपछि खोजी गर्दा वडा नम्बर १४ कै जन कल्याण सामुदायिक बनमा टाउको र करङसहितको मेरुदण्ड स्थानीयले फेला पारेको थियो।
स्थानीयको सूचनाका आधारमा घटनास्थलमा पुगेको प्रहरीले गाईको मासु र मासु काट्न प्रयोग गरिएका हतियार सहित तीनजनालई पक्राउ गरेको हो ।
पक्राउ पर्नेमा फुलबारी एच गाउँ बस्ने ४५ वर्षीय अशोक तामाङसहित २ जना किशोर रहेका छन्। प्रहरी निरीक्षक प्रकाश सिंह कार्कीका अनुसार उनीहरूका साथबाट मासु काट्न प्रयोग भएको बन्चरो, हँसिया, गंडसासहित गाइको मासु पनि बरामद गरेको थियो।
उनीहरूविरुद्ध अदालतबाट म्याद थप गरी गौहत्या अभियोगमा मुद्दा चलाउने तयारी गरिएको प्रहरीले जानकारी दिएको छ।