पूर्वी नवलपरासीको देवचुली नगरपालिका प्रगतिनगर बजारमा शनिबार राति गोली चलेको छ ।
प्रगतिनगरको एक होटल अगाडी स्थानीय युवाबीच भएको विवादले उग्ररुप लिएपछि गोली चलेको जिल्ला प्रहरी कार्यालयका उपरीक्षक मोहनप्रसाद पोखरेलले बताए ।
झगडा भएका अर्को पक्षलाई लक्षित गरी गोली प्रहार गरेपनि कसैलाई नलागेको प्रहरीले जनाएको छ ।
गोली प्रहार गर्ने युवाको समूह फरार रहेकाले उनीहरुको खोजी भइरहेको प्रहरी उपरीक्षक पोखरेलले जानकारी दिए । दुईजना शंकास्पद व्यक्तिलाई नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ ।