प्रिमियर लिग: सिटी लिगको दोस्रो स्थानमा उक्लियो,सिल्भाले गरे गोल

तस्बिरः एजेन्सी

इङलिस प्रिमियर लिगमा म्यानचेस्टर सिटी विजयी भएको छ ।

आइतबार बिहान सम्पन्न खेलमा सिटीले क्रिस्टल प्यालेसलाई २–० गोल अन्तरले पराजित गरेको हो । सिटीको जितमा ग्याब्रियल जिसस र डेविड सिल्भाले एक एक गोल गरेका थिए ।

सिटीका लागि खेलको ३९ औं मिनेटमा जिससले गोल गर्दै अग्रता दिलाएका थिए । त्यसको दुई मिनेट पछि नै सिल्भाले पुनः सिटीको लागि गोल गर्दै २–० को जित दिलाए ।

जितसँगै सिटीको ९ खेलमा १९ अंक भएको छ भने लिगको दोस्रो स्थानमा रहेको छ । एक खेल कम खेलेको लिभरपुल ८ खेलमा २४ अंकसहति शिर्ष स्थानमा रहेको छ ।

प्रकाशित मिति: : 2019-10-20 07:31:46

प्रतिकृया दिनुहोस्