इटालियन सिरी ए मा युभेन्टसले बोलोग्नालाई पराजित गरेको छ ।
आइतबार भएको खेलमा युभेन्टसले बोलोग्नालाई २–१ गोल अन्तरले पराजित गरेको हो ।युभेन्टसको जितमा क्रिस्टियानो रोनाल्डो र मिरालेम पजानिकले समान एक एक गोल गरेभने बोलोग्नोका लागि एक गोल डानिलोले गरेका थिए ।
युभेन्टसका लागि खेलको १९औं मिनेटमा रोनाल्डोले गोल गर्दै शुरुवाती अग्रता दिलाएका थिए । त्यसपछि बोलोग्नोले खेलको २६औं मिनेटमा गोल गर्दै खेल १–१ को बराबरी ल्याएका थिए ।
पहिलो हाफमा १–१ को बराबरीमा रहेको खेलमा खेलको ५४औं मिनेटमा पजानिकले गोल गर्दै युभेन्टसलाई २–१ को अग्रता दिलाएका थिए ।
यो जितपछि युभेन्टसको ८ खेलमा २२ अंक भएको छ भने ऊ तालिकामा शिर्ष स्थानमा रहेको छ । त्यस्तै बोलोग्नोको भने ८ खेलमा ९ अंक भएको छ ।