सिरहाको भगवानपूर गाँउपालिकाबाट १४ लाख बराबरको सामान बरामद

बिएल

ईलाका प्रहरी कार्यालय सिरहा,लाहानले शुक्रबार भगवानपूर गाँउपालिका वडा नम्बर ४ मा छापामारी करीव १४ लाख बराबरको सामान बरामद गरेको छ ।

प्रहरी कार्यालय लाहानका कार्यालय प्रहरी नायब उपरीक्षक भेष राज रिजालको कमाण्डमा खटिएको टोलीले लत्ताकपडा,मेसीनरी पार्टपुर्जा,जुत्ता,खाध्य साम्रगी र चरा लगायतका  १४ लाख बराबरको समानहरु बरामद गरेको हो ।

बरामद गरिएको समान आवश्यक कारवाहीको लागि भन्सार कार्यालय ढाँडीमा बुझाएको उपरीक्षक रिजालले जानकारी दिए । भन्सार चोरी तस्करीविरुद्ध शून्य सहनशीलता अपनाएको उनले बताए ।

प्रकाशित मिति: : 2019-10-19 15:57:47

प्रतिकृया दिनुहोस्