लगातार तेस्रो जित निकाल्दै चितवन राइनोज महिला च्याम्पियन्स लिग (डब्ल्यूसीएल) क्रिकेटको प्लेअफमा पुगेको छ ।
शनिबार भएको खेलमा पोखरा पल्टनलाई ७ विकेटले हराउँदै चितवन प्लेअफमा पुगेको हो । पोखराले दिएको १२८ रनको लक्ष्य चितवनले काजोल श्रेष्ठको अर्धशतकको मदतमा १८.१ ओभरमा तीन विकेट गुमाएर भेट्टायो । श्रेष्ठले ४७ बलमा ५ चौका सहित ५१ रनको अर्ध शतकीय इनिङ खेलिन् ।
यता कञ्चन श्रेष्ठले २९ र इन्दु बर्माले २४ रन जोडिन् ।
त्यसअघि टियु क्रिकेट मैदानमा टस जितेर पहिला ब्याटिङ थालेको पोखराले निर्धारित २० ओभरमा ५ विकेट गुमाउँदै १ सय २७ रन बनायो । पोखराको लागि कप्तान सीता रानामगरले ६५ रनको अविजित अर्ध शतकीय इनिङ खेलिन् । उनले ५१ बलमा अर्ध शतक पुरा गरेकी थिइन् ।
यता पोखराको कप्तान सिता रानामगरले ६५ रन बनाइन भने मञ्जु बोगटीले २४ रन बनाइनन् ।