विधेयकको प्रमाणीकरण

फाइल तस्बिर

गण्डकी प्रदेशका प्रमुख बाबुराम कुँवरले प्रदेश सवारी तथा यातायातसम्बन्धी व्यवस्था गर्न बनेको विधेयकलाई शुक्रबार प्रमाणीकरण गरेका छन् । गण्डकी प्रदेशका सभामुख नेत्रनाथ अधिकारीले असोज २८ गते प्रमाणित गरेपछि गण्डकी प्रदेशसभा सचिवालयले प्रमाणीकरणका लागि प्रदेश प्रमुखको कार्यालयमा पठाएको थियो ।

नेपालको संविधानको धारा १९९ को उपधारा १ मा प्रदेशसभाले पारित गरेका विधेयक प्रमाणीकरणका लागि प्रदेश प्रमुखसमक्ष पेश गर्नुपर्ने प्रावधान छ । प्रदेश प्रमुखबाट प्रमाणीकरण भएपछि विधेयक ऐन बन्छ ।

प्रकाशित मिति: : 2019-10-19 08:28:56

प्रतिकृया दिनुहोस्