शहीद गंगालाल राष्ट्रिय हृदय रोग केन्द्र सफ्टवेयर ह्याक भएको छ।ह्याकर समूहले अस्पतालको सम्पूर्ण सफ्ट्वयर ह्याकिङ गरेका हुन्।
केही दिनदेखि अस्पतालको सिस्टम ह्याक भए पनि अस्पताल प्रशासनले भने ह्याकिङ भएको जानकारी गोप्य राखेको छ।
स्रोतका अनुसार ह्याकर समूहले अस्पताल प्रशासनलाई विभिन्न माध्यमबाट सम्पर्क गरेर केही रकमसमेत मागेका छन्। ह्याकरले १५ लाख रुपैयाँभन्दा बढी रकम मागेका गरेका हुन्। 'पैसा नदिए सबै जानकारी लिक गराउने धम्की दिइरहेका छन्,' अस्पताल स्रोतले भन्यो।
ह्याकिङ सम्बन्धी घटनामा अनुसन्धान गर्दै आएको केन्द्रीय अनुसन्धान ब्युरो ( सिआइबी)मा अस्पताल प्रशासनबाट ह्याकिङ सम्बन्धी कुनै पनि जानकारी नआएको ब्युरोका एसपी बेलबहादुर पाण्डेले बताए।