जिल्ला प्रहरी कार्यालय दाङले राजपुरको जंगल क्षेत्रबाट विप्लवका दाजुसहित २१ जना नेता कार्यकर्ता पक्राउ पर्दा बरामद भएका हात हतियार र नगद रकमका बिबरण
सार्वजनिक गरेको छ ।
जिल्ला प्रहरी प्रमुख जनक भट्टराईका अनुसार उनीहरुको साथबाट २ थान अमेरिकन पेस्तोल र ४ थान कटुवा पेस्तोल रामद भएको छ । २र२ राउन्ड गोली लोड गरिएको मेडइन यूएसए लेखिएका दुई थान पेस्तोल, कटुवा पेस्तोल ४ थान र ३०३ राइफलको गोली ५ राउन्ड बरामद भएको एसपी भट्टराईले बताए।
त्यस्तै सुतली बम एक थान र ३ लाख ८४ हजार ५ सय ३० रुपैयाँ नगद, ३६ थान मोबाइल बरामद भएको प्रहरीले जानकारी दिएको छ।
बैंकको चेक २ थान बरामद भएको प्रहरीले जनाएको छ।आर्थिक सहयोग लेखिएको ३० थान लेटर प्याड, नेकपाको छाप १ थान, विप्लव राजनीतिक दर्शनका किताव १३ थान, विभिन्न डायरीहरु १६ थान र २१ थान झोला बरामद भएको प्रहरीले बताएको छ ।
पक्राउ परेका सबै नेता कार्यकर्ता विरुद्ध दाङ प्रहरीले संगठित अपराध तथा राज्य विरुद्धको अपराधमा मुद्दा दर्ता गरी अनुसन्धान सुरु गरिएको एसपी भट्टराईले जानकारी दिए।
प्रहरीको तथ्याङ्क अनुसार २०७५ फागुन १० गतेदेखि असोज २९ गतेसम्म नेपालका बिभिन्न ठाँउबाट करिब ९८५ जना पक्राउ परिसकेका छन् ।मुद्दा दायर भएर छुट्नेहरुको संख्या भने ७४१ रहेको। यस अवधिमा थुनामा ११६ जना रहेका छन्।
प्रहरी तथ्याङ्कअनुसार काठमाडौं उपत्यकाबाट मात्रै १३८ जना पक्राउ परेका छन्। उपत्यकामा १३५ जनामाथि मुद्दा दायर गरिएको छ भने सोधपुछपछि ६० जनालाई छाडिएको छ। यस्तै थुनामा १८ जना रहेका छन्। हिरासतमा बसि ११६ जना भने रिहा भइसकेका छन्।
त्यस्तै प्रदेश ५ बाट १६८ जना पक्राउ परेका छन्। प्रहरीका अनुसार १८१ जनामाथि मुद्दा दायर गरिए गरिएको छ। यस्तै ४ जना सोधपुछपछि रिहाइ भएका छन्। यता प्रदेश ४ बाट १८० जना पक्राउ परेका छन्। १८५ जनालाई मुद्दा दायर गरिएको छ भने २२ जनालाई सामान्य सोधपुछपछि रिहाइ गरिएको प्रहरीले जनाएको छ।
सोही अवधिमा प्रदेश १ बाट १३८ जना समातिएका छन्। १३२ जनालाई सामान्य सोधपुछपछि रिहाइ गरिएको छ भने ९२ जनामाथि मुद्दा दर्ता गरि रिहाइ भएका छन्। सुदुरपश्चिम प्रदेशबाट ११८ जना पक्राउ गरिएको छ। १०७ जनामाथि मुद्दा दायर गरिएको छ भने सोधपुछपछि ११ जनालाई छाडिएको छ प्रहरीले जनाएको छ।
कर्णाली प्रदेशबाट ८५ जना नेता तथा कार्यकता समातिएका छन्। ७६ जनामाथि मुद्दा दर्ता गरिएको प्रहरीले जनाएको छ। यता ३ जा सामान्य सोघपुछपछि रिहाइ गरिएको छ।
हालसम्म समातिएका मध्ये ९४२ जनालाई मुद्दा दायर गरिएको छ। मुद्दा दायर भएर छुट्नेहरुको संख्या भने ७४१ रहेको छ। प्रहरीका अनुसार यस अवधिमा थुनामा ११६ छन्।