धनुषाको जनकनन्दी गाउँपालिका–४ खजुरीमा विद्यालयको कक्षा कोठाको पर्खाल भत्किँदा बिहीबार एक जना बालिकाको मृत्यु भएको छ ।मृत्यु हुनेमा ७ वर्षीया चञ्चला सदा रहेकी छिन् ।
इलाका प्रहरी कार्यालय खजुरीका प्रहरी निरीक्षक राजन थापाका अनुसार खजुरीस्थित श्री केएसएचबी माध्यमिक विद्यालयको इसीडी कक्षा कोठाको पर्खाल दिउँसो पौने १ बजेको समयमा अचानक भत्किँदा उनको मृत्यु भएको हो ।
पर्खालले च्यापिएर खजुरीकै ६ वर्षीय बालक मोहम्मद समीर साफी गम्भिर घाइते भएको थापाले जानकारी दिए । घाइते बालक साफीलाई थप उपचारका लागि विराटनगर अस्पताल लगिएको उनले बताए ।