प्रहरीले बिहिबार विप्लव नेतृत्वको नेकपाका ठूलो संख्यामा नेता तथा कार्यकर्ता पक्राउ गरेको छ।
प्रहरी उच्च स्रोतका अनुसार नेपाल–भारत सीमा नाका अन्तर्गत दाङको राजपुर गाउँपालिका–४ को मुग्रेटाखोलास्थित जंगलमा बैठक चलिरहेको स्थानबाट २१ जना नेता कार्यकर्ता पक्राउ गरेको हो। पक्राउ पर्नेमा बिप्लवका मध्यपश्चिम कमाण्ड इञ्चार्ज तथा बिप्लवका दाजु चन्द्रबहादुर चन्द पनि थिए ।
प्रहरीको तथ्याङ्क अनुसार २०७५ फागुन १० गतेदेखि असोज २९ गतेसम्म नेपालका बिभिन्न ठाँउबाट करिब ९८५ जना पक्राउ परिसकेका छन् ।मुद्दा दायर भएर छुट्नेहरुको संख्या भने ७४१ रहेको। यस अवधिमा थुनामा ११६ जना रहेका छन्।
प्रहरी तथ्याङ्कअनुसार काठमाडौं उपत्यकाबाट मात्रै १३८ जना पक्राउ परेका छन्। उपत्यकामा १३५ जनामाथि मुद्दा दायर गरिएको छ भने सोधपुछपछि ६० जनालाई छाडिएको छ। यस्तै थुनामा १८ जना रहेका छन्। हिरासतमा बसि ११६ जना भने रिहा भइसकेका छन्।
त्यस्तै प्रदेश ५ बाट १६८ जना पक्राउ परेका छन्। प्रहरीका अनुसार १८१ जनामाथि मुद्दा दायर गरिए गरिएको छ। यस्तै ४ जना सोधपुछपछि रिहाइ भएका छन्। यता प्रदेश ४ बाट १८० जना पक्राउ परेका छन्। १८५ जनालाई मुद्दा दायर गरिएको छ भने २२ जनालाई सामान्य सोधपुछपछि रिहाइ गरिएको प्रहरीले जनाएको छ।
सोही अवधिमा प्रदेश १ बाट १३८ जना समातिएका छन्। १३२ जनालाई सामान्य सोधपुछपछि रिहाइ गरिएको छ भने ९२ जनामाथि मुद्दा दर्ता गरि रिहाइ भएका छन्। सुदुरपश्चिम प्रदेशबाट ११८ जना पक्राउ गरिएको छ। १०७ जनामाथि मुद्दा दायर गरिएको छ भने सोधपुछपछि ११ जनालाई छाडिएको छ प्रहरीले जनाएको छ।
कर्णाली प्रदेशबाट ८५ जना नेता तथा कार्यकता समातिएका छन्। ७६ जनामाथि मुद्दा दर्ता गरिएको प्रहरीले जनाएको छ। यता ३ जा सामान्य सोघपुछपछि रिहाइ गरिएको छ।
हालसम्म समातिएका मध्ये ९४२ जनालाई मुद्दा दायर गरिएको छ। मुद्दा दायर भएर छुट्नेहरुको संख्या भने ७४१ रहेको छ। प्रहरीका अनुसार यस अवधिमा थुनामा ११६ छन्।