माटोको ढिस्कोले पुरिएर एक बालिकाको मृत्यु, २ जना घाइते

सांकेतिक तस्बिर

धनुषामा माटो खन्ने क्रममा ढिस्कोले पुरिएर एक बालिकाको मृत्यु भएको छ भने २ जना घाइते भएका छन् ।

धनुषाधाम नगरपालिका वडा नम्बर ५ स्थित नौसयविघामा माटो खन्न गएकी वडा नम्बर २ बस्ने १३ वर्षीया अञ्जली कुमारी यादवको मृत्यु भएको छ भने घाइते भएका २ जनाको जनकपुर अञ्चल अस्पतालमा उपचार भइरहेको छ ।

पुरिएर गम्भीर घाइते भएकी अञ्जलीलाई उपचारका लागि जनकपुर अञ्चल अस्पतालमा ल्याउँदै गर्दा बाटामै मृत्यु भएको ईलाका प्रहरी कार्यालय धनुषाधामका प्रहरी निरीक्षक सुमन थापाले जानकारी दिए ।

घाइते धनुषाधाम–२ की रिंकु यादवको स्थानीय क्लिनिक र ममताको जनकपुरमा उपचार भइरहेको प्रहरीले निरीक्षक थापाले जनाए ।

प्रकाशित मिति: : 2019-10-17 12:15:01

प्रतिकृया दिनुहोस्