अटोरिक्साले सामान्य धक्का दिएको विषयमा अगाजनी, पाँच जना पक्राउ

सांकेतिक तस्बिर

सप्तरी प्रहरीले अटोरिक्सा आगजनी गरेको आरोपमा पाँच जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा सप्तरीको कञ्चनरुप नगरपालिका–८ का २६ वर्षीय सोनु मण्डल, ३२ वर्षीय महनारायण खङ्ग, २३ वर्षीय जयप्रकाश चौधरी, २२ वर्षीय सागर चौधरी, १८ वर्षीय सन्तोष चौधरी र सोही उमेरका रमेश खङ्ग रहेका छन् ।

प्रहरीका अनुसार उनिहरुले कञ्चनरुप नगरपालिका–८ स्थित खत्वेटोल बस्ने बलराम खत्वेको स१ह ३२३४ नंको अटोरिक्सा आगजनी गरेका थिए।आगजनी गर्नेमा आठ जना संलग्न रहेको जानकारी दिंदै इलाका प्रहरी कार्यालय कञ्चनरुपका प्रहरी नायब उपरीक्षक मकेन्द्रकुमार मिश्रले दुई जनाको खोजी भइरहेको बताए।

महानवमीका दिन गाउँमै लागेको दुर्गा भवानी मेलामा अटोरिक्साले सामान्य धक्का लागेको विषयमा आरोपित मण्डल र अटोरिक्सा चालकबीच विवाद भएको थियो । सोही झगडाको रिसइबीले दुई दिनपछि घर अगाडि पार्किङ गरी राखेको अटोरिक्सा आरोपितहरुले बाँसको झाङमा लगी आगजनी गरेको अनुसन्धानबाट खुलेको प्रनाउ मिश्रले बताए ।

प्रकाशित मिति: : 2019-10-16 08:44:01

प्रतिकृया दिनुहोस्