विश्वकप छनोट २०२२ अन्तर्गत चौंथो खेलमा नेपालले अहिले जोर्डनसँग प्रतिस्पर्धा गरिरहेको छ ।
जोर्डनको घरेलु मैदानमा जारी खेलमा पहिलो हाफ घरेलु टोलीसँग गोलरहित बराबरी खेलेको नेपालले खेलको ५६ औं मिनेटमा गोल खायो । नेपालका डिफेन्डर दिनेश राजवंशीले जोर्डनका खेलाडीलाई डिबक्समा लडाएपछि जोर्डनले पेनाल्टी पाएको थियो । जसमा जोर्डनका फेरास शेल्बाइहले गोल गरे ।
यस्तै नेपालले दोस्रो गोल ७७ औं मिनेटमा खाएको छ । उसका लागि अहमेद अल इर्सानले चिप गोल गर्दै अग्रता २–० बनाए।