विश्वकप छनोट २०२२: बंगलादेशसँग भारत बराबरीमा रोकियो

तस्बिरः एजेन्सी

विश्वकप छनोट २०२२ अन्तर्गत समूह चरणको तेस्रो खेलमा भारतले बंगलादेशसँग बराबरी खेलेको छ ।

मंगलबार राति समूह ई अन्तरगत भएको खेलमा भारतले बंगलादेशसँग १–१ गोलको बराबरी खेलेको हो ।


खेलको ४१ औं मिनेटमा साद उद्दीनको गोलबाट बंगलादेशले अग्रता बनाएको थियो । पहिलो हाफ १–० ले पछि परेको भारत दोस्रो हाफमा खेलमा फर्कियो । भारतका लागिखेलको ८८ औं मिनेटमा आदील खानले गोल गरे ।

बराबरीसँगै भारतले ३ खेलबाट २ अंक जोडेको छ । भारत चौंथो स्थानमा छ । ३ खेलमा १ अंक जोडेको बंगलादेश पुछारमा रहेको छ ।

प्रकाशित मिति: : 2019-10-15 22:40:33

प्रतिकृया दिनुहोस्