संखुवासभामा अवैध पाँच किलो सुन र नगद ३८ हजार ८९ रुपैयाँ सहित एक जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा खाँदबारी नगरपालिका–१ बस्ने २६ वर्षीय तोप्चेन भोटे रहेका छन् ।
चेपुवा प्रहरीको प्रहरी टोलीले चेकजाँचको क्रममा भोटेलाई भोटखोला गाउँपालिका–२ लिङ्गमबाट नगद र सुनसहित पक्राउ गरेको हो ।
यस बिषयमा थप छानबिन भइरहेको जिल्ला प्रहरी प्रमुख डिएसपी मिमबहादुर लामाले बताए । .