गैरआवसीय नेपाली संघ (एनआरएनए)को नवौँ विश्व सम्मेलन काठमाडौैको होटल ह्यातमा सुरु भएको छ ।
राष्ट्रपति विद्यादेवी भण्डारीले एक विशेष समारोहबीच सम्मेलनको उद्घाटन गरेकी छन्।
उद्घाटन समारोहलाई सम्बोधन गरदै उनले एनआरएनले नेपालीका लागि गर्व हुने गरी सहयोग पुर्याएको भन्दै एनआरएनए र सबै एनआरएनलाई धन्यवाद दिएकी छन्।
उनले सम्मेलनको पूर्ण सफलताको कामना गर्दै नेपाली समाज जातिय, भाषिक र एकताको अनुपम परम्पराको गाथा भएको र त्यसको संरक्षण गर्नु पर्ने सबै नेपालीको कर्तव्य भएको बताइन् ।
सरकारले घोषणा गरेको पर्यटन वर्ष २०२०लाई सफल बनाउन गैरआवासीय नेपालीको महत्वपूर्ण योगदान हुने अपेक्षा रहेको बताउँदै त्यसका लागि सहयोग गर्न आग्रह गरिन् ।
उद्घाटन समारोहलाई परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली, निवर्तमान अध्यक्ष शेष घले र नेपाल उद्योग वाणिज्य महासंघकी अध्यक्ष भवानी राणाले सम्वोधन गर्दै सम्मेलनको सफलताको कामना गरेका थिए ।
अक्टोबर १५ देखि १७ सम्म आयोजना हुने सम्मेलनमा ८१ मुलुकका २ हजार ५ सयको सहभागिता हुने बताइएको छ ।
चुनावी महाधिवेशन भएकाले यो सम्मेलनको विशेष महत्व रहेको छ ।