फ्रान्स युरोकप छनोट२०२० अन्तर्गत भएको खेलमा टर्कीसँग बराबरीमा रोकिएको छ ।
मंगलबार बिहान भएको समुह एच अन्तर्गतको खेलमा फ्रान्स र टर्की १–१ गोलको बराबरीमा रोकिएका हुन् ।
पहिलो हाफ बिना कुनै गोल सकिएको खेलमा खेलको ७६औ मिनेटमा फ्रान्सका ओलिभर जिराउडले गोल गर्दै फ्रान्सलाई अग्रता दिलाएका थिए । तर त्यसको ५ मिनेट पछि नै टर्कीका लागि कान आहानले गोल गर्दै खेल बराबरी गरेका थिए ।
यो बराबरीसँगै समान ८ खेलमा फ्रान्स र टर्कीले १९–१९ अंक जोडेका छन् । त्यस्तै ८ खेलमा आइसल्याण्डको १५ अंक रहेको छ भने ८ खेलमा अल्बानियाको १२ अंक रहेको छ ।