मकवानपुरको थाहा वडा कार्यालयमा आगजनी गरेको आशंकामा पाँच जना पक्राउ

पहिले जलाईएको जेसिवि र अहिले जलाईएको वडा कार्यलय

थाहा नगरपालिका ५ को वडा कार्यालयमा आगजनी गरेको आशंकामा पाँच जनालाई प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ परेकाहरुसँग अनुसधान सुरु गरिएको जिल्ला प्रहरी कार्यालय मकवापनुरका प्रहरी उपरीक्षक (एसपी) मुकेशकुमार सिंहले बताए । उनले पक्राउ परेकाहरुको नाम भने खुलाएनन् ।

आरनडाँडामा रहेको वडा कार्यालयमा आइतबार मध्यरातमा आगजनी गरिएको वडाध्यक्ष विष्णुबहादुर गुरुङले जानकारी दिए । ढोका फुटाएर पेट्रोल तथा मट्टितेल छर्किएर आगो लगाएको हुनसक्ने अध्यक्ष गुरूङले बताए ।

उनका अनुसार कार्यालय पूर्णरुपमा ध्वस्त भएको छ।वडा कार्यालयका सबै कागजपत्र तथा फर्निचर जलेर नष्ट भएको उनले बताए ।

गत बिहिवार राती पनि थाहा नगरपालिको शिखरकोटमा पार्किङमा रहेको जेसिविमा र चौकि किटेनी सडक खण्डमा पार्किङमा राखेको ट्रिफरमा आगजनी भएको थियो ।

प्रकाशित मिति: : 2019-10-14 17:46:35

प्रतिकृया दिनुहोस्