गांगुली बीसीसीआईको अध्यक्ष बन्दै,सचिवमा गृहमन्त्रीका छोराको नाम

तस्बिरः एजेन्सी

सौरभ गांगुली भारतीय क्रिकेट कन्ट्रोल बोर्ड (बीसीसीआई) को अध्यक्ष बन्ने भारतीय सञ्चार माध्यमले जनाएका छन् ।

दैनिक जागरणका अनुसार, मुम्बईमा आइतबार साँझ भएको राज्य क्रिकेट संघका प्रतिनिधिहरुको बैठकमा यो सहमति भएको हो ।

४७ वर्षीय सौरभ गांगुली भारतीय क्रिकेट टिमका पूर्वकप्तान हुन् । उनी हाल बंगाल क्रिकेट संघका अध्यक्ष छन् । उनको पदावधि सेप्टेम्बर २०२० मा समाप्त हुँदैछ । त्यसपछि उनी तीन वर्षको कुलिङ पिरियडमा जानुपर्ने छ । यदि सौरभ गांगुली बीसीसीआईको नयाँ अध्यक्ष बनेमा उनी १० महिनासम्म यस पदमा रहने छन् ।यता गृहमन्त्री अमित शाहका छोरा जय शाहलाई भने सचिव पदको जिम्मेवारी दिइने भएको छ ।

यस्तै त्यस्तै बीसीसीआई र कर्नाटक राज्य क्रिकेट एसोसिएसनमा काम गरिसकेका पूर्व क्रिकेट खेलाडी ब्रजेश पटेललाई आईपीएलको नयाँ अध्यक्ष बनाइने छ ।

बीसीसीआईको पाँच सदस्यीय पदका लागि १४ अक्टबुर अर्थात् सोमबार मनोनयन दर्ता र २३ अक्टुबरमा चुनाव छ । तर, यसपटक चुनाव नहुने र सबै निर्विरोध निर्वाचित हुने समाचारमा उल्लेख छ ।

प्रकाशित मिति: : 2019-10-14 11:00:04

प्रतिकृया दिनुहोस्